ट्रम्पको अहम् र अज्ञानतामा हेलीको खिस्सी



न्युयोर्क, (एजेन्सी)
यस वर्षको अन्त्यसम्ममा आफूले सम्हालेको संयुक्त राष्ट्रसंघमा अमेरिकी राजदूत पद छोड्ने घोषणा गरेकी निक्की हेलीले त्यसको केही दिनपछि नै राष्ट्रपति डोनाल्ड ट्रम्पको अहम् र सांस्कृतिक अज्ञानतालाई हाँसोमा उडाएकी छिन्।

भारतीय मुलकी ४६ वर्षीया हेलीले अक्टोबर ९ मा संयुक्त राष्ट्रको आफ्नो जिम्मेवारीबाट राजीनामा दिने घोषणा गरेकी थिइन्। उनको यो कदम राष्ट्रपति पदको चुनाव लड्नका लागि उठाएको अनुमान गरिएको थियो, तर आफ्नो राजीनामाको घोषणापछि उनले त्यसलाई अस्वीकार गरेकी थिइन्।

हेलीले न्युयोर्क–२०१८ अल्फ्रेन्ड स्मिथ डिनका क्रममा गत महिना संयुक्त राष्ट्रमहासभामा ट्रम्पलाई हासोको पात्र बनाएकी थिइन्। उनले सबैभन्दा पहिला उनको अतिसंवेदनशीलतालाई लिएर हाँसोमा उडाइन्। उनले भनिन्– ‘वासिङटनमा जसले पनि मलाई भाषणका लागि सुझाव दिए, उनीहरूले मलाई कुनै पनि परिस्थितिमा राष्ट्रपतिका बारेमा ठट्टा नगर्न सुझाव दिए। त्यसैले सबैलाई शुभरात्री।’ उनले यसो भनिरहँदा त्यहाँ उपस्थित सबै हाँसेका थिए।

उनले सिनेटर एलिजाबेथ वारन र ट्रम्पबीच भइरहेको बहसलाई पनि हाँसी मजाक गरेकी थिइन्। हालै मात्र वारनले एक डीएनए टेस्टको परिणाम सार्वजनिक गरेकी थिइन्। जसमा ६ देखि १० पिँढी पुराना मूलका अमेरिकीको अस्तित्व थाहा पाउन सकिन्छ।

हेलीले भनिन्– ‘राष्ट्रपतिले आज बिहान मलाई बोलाएका थिए र मलाई केही राम्रा सुझाव दिए।’ उनले भनिन्– ‘यदि म सानो कुरामा अकमक्किएँ भने उनका उपलब्धिको प्रशंसा गर्नू।’
ट्रम्पले पोकेहोन्तास उपनामबाट खिस्सी गरी उडाउने गरेकी वारेनका विषयमा हेलीले भनिन्– ‘मैले बुझें तपार्इं एक भारतीय महिला चाहनुहुन्छ, तर एलिजावेथ वारेन डीएनए टेस्टमा असफल भएकी छिन्।’

त्यसपछि उनले ट्रम्पको सांस्कृतिक अज्ञानतालाई लिएर पनि खिस्सी गरी उडाएकी थिइन्। उनले भनिन्– ‘म भारतीय अमेरिकी हुँ भन्ने थाहा पाएपछि पनि राष्ट्रपतिले सोधे कि– ‘के म एलिजावेथ वारेनकै जनजातीय समुदायसँग सम्बन्धित हो ?’

प्रतिक्रिया दिनुहोस्