११ हजार घुससहित सशस्त्रका हवल्दार पक्राउ



जनकपुर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सशस्त्र प्रहरीका एक हबल्दारलाई पक्राउ गरेको छ । पक्राउ परेका शसस्त्र प्रहरीका हवल्दार चन्देश्वर गिरीले सिमावर्ती क्षेत्रबाट सरसमान ल्याउन सहज बनाइदिने भन्दै ११ हजार घुस मागेका थिए ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास, महोत्तरीका प्रकाश मैनालीको नेतृत्वको टोलीले गोप्य सूचनाको आधारमा नगद ११ हजार घुससहित जनकपुरको कदम चोकबाट नियन्त्रणमा लिएको हो ।

कदम चौकीस्थित पसलबाट शसस्त्र प्रहरीका हवल्दार चन्देश्वर गिरीलाई ११ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगजनाएको छ ।

पक्राउ परेका हवल्दारबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्