१० वर्षपछि फरार अभियुक्त पक्राउ



दमौली ।
हत्या अभियोगमा फरार रहेका एक व्यक्तिलाई आज प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी स्थायी घर भई व्यास नगरपालिका–१ तालघरे बस्ने सागर परियार दमौलीबाट पक्राउ परेका हुन् ।

विसं २०५९ माघ ९ गते राति व्यास नगरपालिका–११ बस्ने तिलबहादुर परियारलाई फलामको रडले हानेर घाइते बनाएको अभियोगमा सागर फरार थिए । घाइते तिलबहादुरको उपचारका क्रममा पोखरामा मृत्यु भएको थियो । सो घटनामा संलग्न बाबुराम परियार र सुवी परियार भने सोही समयमा पक्राउ परेका थिए । दुवै पुर्पक्षका लागि थुनामा छन् ।

निजलाई कानूनबमोजिम कारवाहीका लागि अदालत पेश गर्नुपर्नेमा कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहेकाले खुलेकै दिन पेश गरिने प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्