प्रहरी हवल्दार घुस लिँदालिँदै समातिए



नेपाल समाचारपत्र, जनकपुरधाम ।
जनकपुरमा घुस रकमसहित सशस्त्र प्रहरी बलका एक हवल्दार पक्राउ परेका छन् । भन्सारमा सामान पास गराउन सहयोग गर्ने भन्दै उनले ११ हजार घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल र बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

जनकपुरको कदम चोकबाट घुससहित सशस्त्र प्रहरीका सहायक हवल्दार चन्देश्वर गिरी पक्राउ परेको अख्तियारले जनाएको छ । उनले भारतीय बजारबाट घरायसी सामान भन्सार नतिरी नेपाल प्रवेश गराउने भन्दै ब्यापारीसँग रकम लिदै गर्दा पक्राउ गरेको अख्तियारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्