हेराथले संन्यास लिने



कोलम्बो, (एजेन्सी)
श्रीलंकन स्पिनर रंगना हेराथले आगामी नोभेम्बरमा टेस्ट क्रिकेटबाट संन्यास लिने निर्णय लिएका छन्।
हेराथले नोेभेम्बरमा आफ्नै घरेलु मैदान गलेमा इंग्ल्यान्डविरुद्ध हुने पहिलो टेस्टपछि संन्यास लिने बताएका हुन्। ४० वर्षीय बलरले ९२ टेस्ट खेल्दै कुल ४ सय ३० विकेट लिएका छन्। उनी यस फरम्याटमा सर्वाधिक विकेट लिने सूचीमा १०औं नम्बरमा रहेका छन्।

२०१६ मा वानडे र टी–२० अन्तर्राष्ट्रिय करियर समाप्त गरेका हेराथले गलेकै मैदानबाट १९ वर्षअघि डेब्यु गरेका थिए। उनको संन्यास लिने घोषणाबाट श्रीलंकाको क्रिकेटका लागि ठूलो नोक्सान हुने श्रीलंका क्रिकेट बोर्डका अध्यक्ष एशली डी सिल्भाले बताए।

प्रतिक्रिया दिनुहोस्