प्रहरी टोली स्वदेश फिर्ता



काठमाडौं, (नेस)
प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ डार्फर सुडानस्थित अनामिड मिसनमा खटिई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फिर्ता भएको प्रहरी टोलीलाई स्वागत गर्नुभयो।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले संगठनले दिएको जिम्मेवारीलाई संयुक्त राष्ट्र संघको मापदण्डअनुरूप उच्च मनोबलका साथ प्रभावकारीरूपमा पूरा गरी स्वदेश फिर्ता भएकोमा बधाई दिनुभयो। स्वदेशमा पनि संगठनले दिएको जिम्मेवारीलाई रचनात्मक तरिकाबाट पूरा गर्न मन, वचन र कर्मले तयार रहनुपर्ने उहाँले बताउनुभयो।

कार्यक्रममा प्रहरी उपरीक्षक सुदीप गिरीले मिसनमा रहँदा गरेको कामको प्रगति विवरणका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभयो। स्वदेश फर्किएको प्रहरी टोलीमा प्रहरी उपरीक्षक १, प्रहरी नायब उपरीक्षक ४, प्रहरी निरीक्षक २ र प्रहरी नायब निरीक्षक ३ जना गरी १० जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्