कोटेश्वर–कलंकी खण्डको काम अन्तिम चरणमा



सुरेश तामाङ, काठमाडौं
चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा बनिरहेको कोटेश्वर–कलंकी सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ। उक्त खण्डमा अहिले फुटपाथ, जेब्राक्रसिङ लाइन, ट्राफिक संकेतको काम भइरहेको काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्माले बताउनुभयो।

योजनाका मुख्य–मुख्य कामहरू सम्पन्न भएकोले बाँकी काम पनि निर्धारित समयमै सकिने उहाँले दाबी गर्नुभयो। ‘हामीले कालो पत्रेदेखि अन्डर पाससम्मका मुख्यमुख्य काम सकिसकेका छौं। बाँकी काम पनि चाँडै नै सकिन्छ।’ –इन्जिनियर शर्माले भन्नुभयो।

पहिलोचरणको काम अन्तिम चरणमा पुग्दा चीन सरकारले नै कलंकीदेखि महाराजगन्जसम्मको सडक पनि विस्तार गर्ने भएको छ। दोस्रो चरणअन्तर्गत विस्तार गर्न लागिएको कलंकी–महाराजगन्ज ८ दशमलव २ किलोमिटर सडक खण्ड यसअघि नै चीनले बनाइदिने समझदारी पत्रमा नेपाल र चीन सरकारबीच हस्ताक्षर भइसकेको छ।
यस्तै चिनियाँ प्राविधिकको टोलीले विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार पार्नका लागि अध्ययन सम्पन्न गरिसकेको सडक विभागले जनाएको छ। अहिले चिनियाँ टोलीले डीपीआर तयार पारिरहेको सडक विभागका इन्जिनियर छविलाल पौडेलले जानकारी दिनुभयो।

‘डीपीआर तयार पार्न चिनियाँ टोलीले काम गरिरहेको छ।’ उहाँले भन्नुभयो– ‘कहिलेसम्म रिपोर्ट तयार हुन्छ भन्ने उताबाट जवाफ आएको छैन। आएपछि बाँकी कुरा हुन्छ।’ त्यसक्षत्रे का े बिजलु ीका े पाले सानर्,े रूख काटन् ,े घरटहरा हटाउन,े पानी, ढल सानर्ले गायतका कामका लागि प्िर क्रया अगाडि बढिसकेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्