सिमकोट गाउँपालिकाले सुरु गर्याे मोवाईल एप्स



अर्जुन बोहरा, हुम्ला ।
हुम्लाको सदरमुकाममै रहेको सिमकोट गाउँपालिकाले पहिलो पटक मोवाईल एप्स सेवा संञ्चालन गरेको छ । स्थानीय जनतालाई छिटो छरितो र भरपर्दो सेवा प्रवाह गर्ने उद्देश्यसका साथ एप्स सेवा सुरु भएको सिमकोट गाउँपालिका नायव सुब्बा ममता महतले जानकारी दिईन् ।

स्थानीय तहको समृद्धि र बिकास तथा जनतामा शुसाशन कायम गर्नुको साथै जनतालाई सहज रुपमा घरमै बसेर सेवा प्राप्त लिन सक्ने उद्देश्यले मोबाइल एप्स प्रविधि भित्रायाएको सिमकोट गाउँपालिकाका सुचना प्रविधि अधिकृत छिरिङ्ग याङ्गडुङ्ग लामाले बताए ।

 

उहाँका अनुसार ८ वटै वडाका जनताले गाउँपालिका सम्म धाउनु पर्ने समस्याको अन्त्य गर्दे मोवाईल एप्स सेवाले पूरा गर्ने लामाले जानकारी गराए । सिमकोट गाउँपालिकाको गतिविधिहरु जानकारी लिनका लागि आफ्नो मोवाईलमा रहेको प्ले स्टोरमा मा गई सिमकोट रुरल म्यूनिसिपालिटी अङ्ग्रेजीमा टाईप गरी डाउनलोड गरेर सिमकोट गाउापालिकाको हरेक सुचना गतिविधिहरु मेवाईल मार्फत नै जानकारी लिन सकिने महतले बताउनु भयो ।

अव सर्वसाधारणले सिमकोट गाउँपालिकाको कार्यक्रम तथा परियोजना, सुचना तथा जानकारि, सुझाब तथा गुनासो, समस्या दर्ता, सेवाहरु लगाएत सिमकोट गाउँपालिकाको गतिविधिहरु सजिलै मोवाईल मार्फत हेर्न सकिने व्यवस्था गरेको छ । एप्सका सहयोगमा आवश्यक कागजपत्र र प्रक्रियाका बारेमा जानकारी,योजना तथा कार्यक्रम थाहा पाउँने,सूचना ,समाचार,आपत्कालिन नम्बर,जनप्रतिनिधि तथा कर्मचारीको फोटो सहितको सम्पर्क बिवरण,वडाहरुको प्रोफाईल,महत्वपूर्ण स्थानको परिचय ,गुनासो तथा समस्या दर्ता गर्न सकिने ब्यबस्था गरेको छ ।

सिमकोट गाउँपालिकाका उपाध्यक्ष वली रावतका अनुसार सूचना प्रविधि बिभागको प्राविधिक सहयोगमा हुम्लामा मात्र नभई कर्णाली प्रदेशकै पहिलो पटक हुम्लाको सिमकोट गाउँपालिकामा मोवाईल एप्स सुरु गरिएको बताए ।उनले गाउँपालिकाद्धारा सुरु गरिएको एप्सको प्रयोगबाट जनतालाई सुशासन ,सरल र सहज तरिकाले सेवा प्रवाह गर्न सकिने जनाए । सिमकोट गाउँपालिकामा वेभसाईट संञ्चालन,सामूहिक एस.एम.एस.,कम्पूटर संम्वन्धि प्रविधिक समस्याको निराकरण, ईन्टरनेट जडान लगायत अन्य सूचना प्रविधिका पूर्वाधार बिकास शुरुवात भएको छ ।

प्रतिक्रिया दिनुहोस्