कृष्णनगरमा पुनः कर्फ्यू जारी



नेपाल समाचारपत्र, कृष्ननगर ।

आज साँझ ५ बजेसम्मका लागि हटाइएको कर्फ्यू पुनः अहिले ५ बजेबाट जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी मंगलबार विहान ६ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।

शनिबार हिन्दुहरुले दुर्गा भवानीको मुर्ति सेलाउने क्रममा मुस्लिमहरुको जामे मस्जिद नजिक मुर्ती राखिदिएपछि एकाएक कृष्णनगर तनावग्रस्त बनेको थियो ।

शनिबारदेखि बढेको विवाद विहान सामान्य बनेको थियो तर पुनः कृष्ननगर तनावग्रष्त बन्दै गएको छ । गए राति भने कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो ।

विजयादशमीको भोलिपल्ट एकादशीमा दुर्गा पूजाको मूर्ति विसर्जन गरिँदै आए पनि यस वर्ष विवाद भएपछि द्वादशीमा मूर्ति विसर्जन गरिएकाे हाे ।

पूर्वमा सेमरा गाउँ, पश्चिममा झण्डीनगर, सिर्सिहवा चोक, उत्तरमा( कृष्णनगर नगरपालिका १ शिवानगरको बढया पोखरी क्षेत्र र दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रसम्म कर्फ्यू लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्