रंगशाला निर्माणका लागि खेलकुद तथा सांस्कृतिक प्रतियोगिता



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका ६ मग्मामा रंगशाला निर्माण हुने भएको छ । यहाँको एक युवा क्लवले रंगशाला निर्माणका लागी बिभिन्न खेलकुद तथा सांस्कृतिक प्रतियोगिताको आयोजना गरेको छ । प्रगतिशिल युवा क्लवले रंगशाला निर्माणको सहयोगार्थ खेलकुद तथा सांस्कृतिक प्रतियोगिताको आयोजना गरेको अध्यक्ष देवराज खनालले जानकारी दिनुभयो ।

 

आइतबार राष्ट्रिय सभाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता ठगेन्द्रप्रकाश पुरीले सो कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री खड्क वहादुर खत्रीले जनताका सामु शिर निहुरिने काम आफुहरुले नगर्ने बताउनुभएको छ । यदि कहि कतै त्यस्तो हुन गएमा खवरदारी गर्न उहाँले आम जनतालाई आग्रह समेत गर्नुभयो । समग्र कर्णाली प्रदेशलाई समृद्धिको बाटोमा लैजानका लागि प्रदेश सरकार लागि परेको उहाँले जानकारी गराउनुभयो ।

 

उहाँले प्रदेश सरकारबाट जिल्लामा आउँने बजेटको सहि कार्यान्वयनका लागि चासो व्यक्त गर्न पनि जिल्लावासीलाई आग्रह गर्नुभयो । कति कतै अनियमितता भएको पाईएमा तुरुन्त खवरदारी गर्न उहाँको आग्रह छ ।

यसैविच मन्त्री खत्रीले खेलकुदको विकासका पनि प्रदेश सरकार लागि परेको बताउनुभयो । रंगशाला निर्माणका लागि मात्र सरकारले २१ करोड बजेट बिनियोजन गरेको उहाँले जानकारी गराउँनुभएको थियो । युवाहरुले थालेको यस अभियान उदाहरणिय भएको भन्दै कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री खत्रीले यस अभियानका लागि पनि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउँनुभयो ।

 

यसै बिच कार्यक्रमको दोस्रो दिन शोमबार भलिबल तथा सिंगारु नाच प्रतियोगिता सुरु भएको छ । भलिबल उद्घाटन कर्णाली प्रदेश सांसद रातो कामीले गर्नुभएको छ । स्थानीय संस्कृतिको संरक्षण तथा प्रर्बद्धनका लागी सिंगारु नाच प्रतियोगिताको गरिएको क्लवले जनाएको छ । भलिबल तर्फ प्रथम हुनेलाई ६० हजार, द्धितियलाई ४५ हजार र तृतियलाई ३० हजार पुरस्कारको व्यवस्था गरिएको छ । यसैगरी सिंगारु नाच तर्फ प्रथमलाई ५ हजार, द्धितियलाई ३५ सय र तृतियलाई २५ सय पुरस्कार दिइने आयोजकले जनाएको छ ।

 

लोकदोहरी तर्फ पनि प्रथमलाई ५ हजार, द्धितियलाई ३५ सय र तृतियलाई २५ सय पुरस्कारको व्यवस्था गरिएको छ । क्लवले सोही कार्यक्रमको अवसर पारी रंगशाला निर्माणका लागि सहयोग गर्नेहरुलाई सम्मान समेत गरेको छ । त्यस्तै जिल्लाबाट नेतृत्व गरेका पूर्व राष्ट्रिय खेलाडिलाई पनि सम्मान गरिएको छ । । क्लवका संयोजक खनालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय सभा सदस्य ठकेन्द्रप्रकाश पुरीको प्रमुख र कर्णाली प्रदेशका भौतिक पुर्बाधार विकास मन्त्री खड्क बहादुर खत्रीको बिशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्मा, रातो कामी, देवि ओली, जिल्ला समन्वय समितिका उप–प्रमुख ईन्दिरा बिएम, मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतम, आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसी, बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी लगायतको पनि आतिथ्यता रहेको थियो । क्लवका सदस्य नवराज खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन विवेक खनालले गर्नुभएको थियो ।

रंगशाला निर्माणको लागी सहयोग जुट्दै
यस्तै रंगशाला निर्माणका लागी बिभिन्न क्षेत्रबाट सहयोग पनि जुटिरहेको छ । अमेरिकामा रहेका गो फण्ड मि कार्यक्रम संंचालन गरेर आठबिसकोट नगरपालिका १० का प्रेमराज के.सीले संकलन गर्नुभएको ५ लाख ९१ हजार , अमेरिकामा रहनुभएका बाँफीकोट ६ मग्माका गोर्खबहादुर कुसारीले ५ लाख २५ हजार, रुकुम पुर्व नाथिगाडका धनबहादुर के.सी डिवीले २ लाख १ हजार, आठबिसकोट नगरपालिका १०का महेश के.सीले एक लाख १५ हजार, आठबिसकोट नगरपालिका १० का गणेशमान के.सीले ८० हजार, बाँफिकोट गाँउपालिका ७ का हेमराज खनालले ८० हजार र बाँफिकोट गाँउपालिका वडा नं ८ का रामप्रसाद के.सीले ७५ हजार रंगशाला निर्माणका लागी सहयोग गर्नुभएको क्लवका अध्यक्ष देवराज खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्