साढे चार लाख नगदसहित १५ जना जुवाडे पक्राउ



नवलपरासी ।
जुवाको खालबाट साढे चार लाखसहित १५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भरतपुर ११ का निर्मल श्रेष्ठ, भरतपुर १९ का कृष्णहरि शर्मा, चितवन रत्ननगर नगरपालिका १४ का विशाल बस्नेत, सोही ठाउँका कुमार गुरुङ,गैंडाकोट १ का रमेश श्रेष्ठ, चितवन भरतपुर महानगरपालिका ५ का विमल श्रेष्ठ, भरतपुर २ का खुमप्रसाद श्रेष्ठ, भरतपुर ३ का अनिल शाह, भरतपुर ४ का श्याम लामा, भरतपुर २ का प्रदीप लामा, बाबुराम अर्याल र लमजुङ बेंसीशहर २ का विपिन गुरुङ रहेका छन् ।

गैंडाकोट नगरपालिका १ ब्रिटिस क्याम्प नजिकै रहेको खरको टहराभित्र लुकेर कौडा खेलिरहेकाहरुलाई सोमबार बिहान साढे चार लाख नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्