सरकारले अपराधी र भ्रष्टहरुलाई छोड्दैन: प्रदिप ज्ञवाली



????????????????????????????????????

अनिल खत्री, गुल्मी ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले यो सरकारले अपराधीलाई छाड्दैंन र भ्रष्टहरु प्रति झन निर्मम ढंगले लागेको बताएका छन् । आइतवार गुल्मीको मुसिकोट नगरपालिकाले आयोजना गरेको बौद्धिक सम्मेलनको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन ।

उनले निर्मला पन्त हत्या काण्डका अपराधी सरकारले पानी मुनी लुकेकै भए पनि नछाड्ने बताए । मन्त्री ज्ञवालीले यस्तो मानविय संवेदना माथी कसैले राजनीति नर्गन सुल्झाए ।

हरेक क्षेत्रमा भ्रष्टचार छ मन्त्री ज्ञवालीले भने, ‘त्यस्ता भ्रष्ट कुृन पार्टीका सदस्य हो भनिने छैन निर्मम ढंगले प्रस्तुत भईने छ ।’ विकास र जनताको समृद्धिको यात्रमा कोही सत्ता पक्ष र कोहि प्रतिपक्ष हुन नहुने बताए ।

सरकार गठन भएको ८ महिनामा संविधान कार्यन्वयन, दुई छिमेकी मुलुक संग नयाँ शिराबाट सम्वन्ध सुधार भएको छ ज्ञवालीले भने,‘अन्य मुलुक संग पनि नेपाल र नेपालीको शिर उचो पार्ने गरी सम्वन्ध सुधार गर्दै विकास र समृद्धिको जग खडा भएको छ ।’ मन्त्री ज्ञवालीले करोडौको विकास निर्माणको जिम्मा लिने समयमा काम नगर्ने आफु चिल्लो कारमा सयल गर्ने यता जनतालाई दुख दिने त्यस्तालाई यो सरकारले कार्वाही गरेरै छाड्ने बताए ।

कार्यक्रममा मुसिकोट पुर्खेयौली घर भई नवलपरासीको प्रतिनिधी सभा सांसद तिलक महत , प्रदेश ५ का बिशेष अधिकार समिति सभापति सांसद कमलराज श्रेष्ठ, प्रदेश सांसदद्धय खड्ग केसी र दिनेश पन्थी लगायतको सहभागिता रहेको थियो । ‘ कृषि, पर्यटन उद्योग र रोजगार समृद्धिका लागि मुसिकोट समग्र नगरपालिकाको आधार’ भन्ने मुल नाराका साथ मुसिकोट नगरपालिकाको समृद्धिका सम्भानाृ र चुनौती बिषयक बौद्धिक सम्मेलन २०७५ को उद्घाटन समारोहमा मुसिकोट नगरपालिका भित्रका बौद्धिक ब्यक्तिहरुको जमघट भएको छ । सम्मेलन सोमबार सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्