देउखुरीमा बस र मोटरसाईकल ठोक्किदा २ जना गम्भीर



दाङ ।
दाङ देउखुरीमा बस र मोटरसाईकल एक आपसमा ठोक्किदा २ जना गम्भीर घाइते भएका छ्न ।

प्युठान देखि भालुवाङ आउदै गरेको रा १ ख ५५३८ नम्बरको बस र लमही देखि प्युठान जाँदै गरेको रा १ प १०८१ नम्बरको मोटरसाईकल दुर्घटनामा परेको बताईएको छ ।

घाइते हुनेहरूमा लमही नगरपालिका वडा नम्बर ५ का २२ वर्षिय राजन गुप्ता र लमही नगरपालिका वडा नम्बर ३ का अशोक चौधरी घाइते भएका प्रहरी बताएको छ ।

घाइतेको स्वास्थ्य चौकि भालुवाङमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्