६४ वर्षीय वृद्धमाथि कथित बोक्साको आरोपमा कुटपिट



बर्दिया ।
ठाकुरबाबा नपा–५ शाहीपुरका ६४ वर्षीय वृद्ध कुकुरा थारुलाई कथित बोक्साको आरोपमा बुधबार राति सोही ठाउँका ४० वर्षीय नैपाल थारु, ३७ वर्षीय गोपाल थारुसहित छ, सातजनाको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको छ ।

गाउँघरमा सामान्य झारफुक गर्ने गरुवाका रुपमा परिचित कुकुरालाई आफ्नै गोत्र पर्ने नैपाल थारुले साँझपख घरमा बोलाएर बोक्सा भएको भन्दै कुटपिट गरेको पीडितका छोरा श्रीराम थारुले बताए ।

श्रीरामका अनुसार नैपाल थारुले आफ्नो घरमा देउताको अगाडि अख्खो¥या ९गुरुवाद्वारा मन्त्र उच्चारण गरी व्यक्तिको शरीरमा देउता चढाएर काँप्दै मादलको तालमा नाच्ने खेल० खेल्न बेलाएर लगेका थिए । गुरुवाले मन्त्र उच्चारण गर्दै अन्य व्यक्तिहरु काँप्दै नाच्न थालेको र कुकुरा नकापेपछि उनले आफूमा मन्त्र गरेर देउता पस्नबाट रोकेको भन्दै बोक्सा भएको आरोप लगाउँदै कुटपिट गरेका थिए ।

 

कुकुराले वृद्ध भएका कारण अख्खो¥या खेल्न मन नलागेको भन्दै आफ्नो बचाउ गरे पनि उनीहरुले बेतको लट्ठी, मुक्काले शरीरका विभिन्न भागमा प्रहार गरी घाइते बनाएका हुन् । उनको टाउकामा कुटपिटबाट घाउ बनेको छ, मुख सुन्निएको छ, कम्मर र ढाडमा लट्ठीको निलो दाम परेको छ ।

घटनाको बारेमा इलाका प्रहरी कार्यालय भुरीगाउँमा मौखिक जानकारी गराएको र लिखित रुपमा पनि उजुरी दिन जाने पीडितका छोरा श्रीराम चौधरीले बताउनुभयो । इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक प्रदीप डिसीले घटनाका बारेमा बुझ्न प्रहरीको टोली खटिइसकेको र सत्यतथ्य भए आरोपित पक्षलाई तत्कालै कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्