खुकुरी प्रहार गरी श्रीमतीको हत्या



प्यूठान ।
जिल्लाको झिमरुक गाउँपालिका ( २ डाँडाचौरका ४९ वर्षिय काले सामतले आफ्नै पत्नीको हत्या गरेका छन्। उनले बुधवार विहान करिव १० बजे ४० वर्षिय श्रीमती लक्ष्मी सामतको खुकुरी प्रहार गरि हत्या गरेको प्युठान प्रहरी प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए।

खुकुरी प्रहारबाट लक्ष्मीको घटनास्थलमै मृत्यु भएको हो।अभियुक्त काले सामतलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । घटना के कती कारणले भएको हो भन्ने बारे सत्यतथ्य अनुसन्धान गरिने प्रहरी प्रमुख बुढाथोकीले बताए । घरायसी विवादका क्रममा घटना घटेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्