सल्लेमा बस दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्लेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । दुर्घटनामा परी मुसिकोट नगरपालिका वडा नं १ का ९ बर्षका प्रयास बि.सीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा ३ ख ७४६१ नम्बरको बस सल्लेबाट खलंगा तर्फ जाँदै गर्दा सल्ले बसपार्क नजिक दुर्घटना भएको हो । घाइते हुनेमा ८ बषिय जेनिश विसि र राम भनिने चालक घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल सल्ले रुकुममा उपचार भइरहेको छ । बस सडक बाट एकसय मिटर तल खसेको छ । गाडी चालक र सहचालक पनि घाइते अवस्थामा छन् । बस ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्