बैतडीमा नेपाली सेनाको निसान पुजा र फूलपाती



विनोद सिंह विष्ट, बैतडी ।
देशका अन्य जिल्लामा रहेका नेपाली सेनाले फूलपातीको दिन ब्यारेक भित्र निसान भगवतीको पूजा गर्ने भएपनि बैतडीमा पनि ब्यारेक बाहिर निसान भगवतीको पूजा गरेको छ । बैतडीमा निशानदेवी तथा चण्डी भगवतीको मन्दिर रहेको ब्यारेक बाहिर निसानको पूजा गर्ने गरिएको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी प्रेम बहादुर गिरीले जानकारी दिनुभयो ।

शत्रुमर्दन गुल्मले आज निसान भगवतीको पुगाआजा गरि फुलपाती भित्र्याएको छ । जिल्ला सदरमुकाम गढीबाट नेपाली सेना, नेपाल प्रहरी तथा ससस्त्र प्रहरीको टोलीले शाहिलेक स्थित निसान देवी भगवतीको मन्दिरमा बोका र कुपिण्डोको बलि दिनुका साथै पुजाआजा गरि सेनाको ब्यारेक भित्र फुलपात भित्र्याएको हो । । निसान भगवतीको मन्दिरमा जगन्नाथ मन्दिर का पुजारी हरिहर भट्टद्वारा पुजापाठ गरिएको थियो । सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एक टोलीले सलामी अर्पन गरेका थिए ।

पुजाआजा तथा फुलपाती भित्र्याउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रप्रशाद गैरे, प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरी, ससस्त्र प्रहरीका डिएसपी दुर्गादत्त पन्त, जिल्ला अनुसन्धान कार्यालयका डिएसपी पवन जोसी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्