अटो र मोटरसाईकल दुर्घटनामा २ को मृत्यु, २ घाइते



उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका ७ कौवाईमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चलकको घटनास्थलमा नै मृत्यु भएको छप्रहरीलेृ जनाएको छ । दुर्घटनामा अर्काएक जना गम्भिर घाइृते भएकाछन् ।

मदन भण्डारी राजमार्गअन्र्तगतको गाईघाट–नेपालटार सडक खण्डको कौवाईमा स ८ प ९८०८ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा चालक त्रिनपा १३ बसपार्कका ५० बर्षीय दिनेश पौडे्लको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाईकलमा सवारत त्रिनपा १३ का ४५ बर्षीय कुलबहादुर थापा गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रदेव राईले बताउनु भयो ।

रौतामाई गाउँपालिकाको वडानं ७ मुर्कचीबजारबाट त्रिनपा १३ घरतर्फ आउनेक्रममा कौवाई खोलामा लगाइएको काठेपुलबाट मोटरसाईकल चिप्लिएर खोलामा खसेर दुर्घटना भएको हो । घाईतको जिल्ला अस्पताल उदयपुरमा साधारण उपचार पछि थप उपचारकालागि बिराटनगर पठाइएको छ । यसैगरी गएराती सिद्दिीचरण राजमार्गको घुर्मी कटारी सडक खण्डमा अटो दुर्घटना हुँदा अर्का एक जनाको मृत्यु भएको छ ।

मृतइु हुनेमा अटोमा सबार रहेका महोत्तरी जिल्लाको बर्दिबास ८ बस्ने अन्दाजी ३४।३५ बर्षको नकुल लुङ्गेली मगर रहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । स्१ह१७२७ नम्बरको अटो घुर्मीबाट कटारी तर्फ आउने क्रममा कटारी नगरपालिकाको बेतिनी भन्ने स्थानमा २सय मिटर तल झरेको र अटो र मृतक मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अटोका चालक कटारी नपा ४का २६ बर्षीय धनकर्ण राई घाईतेभै उपचारकालागि मंगलबार बिहान कटारी अस्पतालमा आएपछि प्रहरीले घटनाको जानकारी पाएको जनाएको छ । राईको अवस्था खतरा मुक्त रहेको जनाईएको छ । प्रहरीको टोलीलले घटनास्थल पुरेर अटो र त्यसमा सवार व्यक्तिको खोजी गरेको थियो । घटनाको थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।मृतक दुबैलाई पोष्टमाटमकालागि कटारी अस्पताल र गाईघाट अस्पताल ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस्