विराटनगरमा यसरी भित्र्याइयो फूलपाती



विराटनगर ।
नेपालीहरुको महान चाड बडादसैं अर्थात नवरात्रको सातौं दिन आज फूलपाती, घर तथा मन्दिरहरुमा धुमधामका साथ फूलपाति भित्र्याइएको छ । सो अवसरमा विराटनगरस्थित जिल्ला अदालत मोरङको परिसरबाट बाजागाजासहित निस्किएको धार्मिक ¥यालीले फूलपाती बढाईगर्दै नगरको विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो ।

अदालत परिसरबाट निस्किएको ¥याली नगरक्षेत्रको परिक्रमागर्दै स्थानीय बगलामुखी मन्दिर पुगेको थियो । सो मन्दिर परिसरमा रहेको बेलको रुखबाट बेल टिपेपछि बिधिवत पूजाआजा गरिएको थियो । विधिवत पूजापाठ पछि धार्मिक ¥याली कालीमन्दिर हुंदै फेरी जिल्ला अदालत परिसरमा पुगेर समापन भएको थियो ।

फूलपातीकादिन दुर्गा भवानीको प्रतिमा राखिएको दशैघरमा उखु,अदुवा,वेलपत्र,दारिम,अशोकको फूल लगायतका नवपत्रिका (फूलपाती) भित्रयाइने परम्परा रहेको छ । ¥यालीमा मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी,मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसी सहित सशस्त्र प्रहरी र विभिन्न कार्यालयका प्रमुख लगायतको समेत सहभागिता थियो । घटस्थापनाका दिनदेखि नै दसैं सुरु हुने भएपनि आज फुलपातीका दिनदेखि भने दसैंको विशेष चहल–पहल हुने गर्दछ ।

फुलपातिका दिन दसैं घर तथा शक्तिपीठहरुमा धुमधामका साथ फूलपाती भित्र्याइन्छ । फुलपातिका दिन दसैं घरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, फलफूल तथा अरु नयाँ पालुवा समेत विधिपूर्वक भित्र्याइन्छ । फूलपातीका दिन शक्तिस्वरुपा देवी कालरात्री भगवतीको पूजा आराधनाका लागि देशभरका शक्तिपीठहरुमा भक्तजनको निकै घुईंचो लाग्ने गर्दछ ।

ताप्लेजुङस्थित पाथीभरा, इलामको सानो पाथीभरा, धरानको दन्तकाली, सप्तरीको छिन्नमस्ता, विराटनगरको काली मन्दिर, रंगेलीको कालिमन्दीर,सन्सारीमाई स्थान, राजधानीका शोभाभगवती, दक्षिणकाली लगायतका मन्दिरहरुमा भक्तजनको भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्