बैतडीमा बस दुर्घटना हुँदा २ बालकसहित पाँच जना घाइते



विनोद सिंह विष्ट, बैतडी ।
महाकाली राजमार्ग अन्तर्गत बैतडीको डिलाशैनी ६ बांगाबगरमा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बैतडीको सिगास गाउँपालिका ९ का ३ बर्षीय हार्दिक चन्द , दार्चुला शैल्यशिखरका २३ बर्षीया गिता ठगुन्ना, १४ बर्षीया सुनिता ठगुन्ना,६ बर्षीय युवराज जोशी र २७ बर्षीय धर्मानन्द जोशी रहेका छन् ।

घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।
अत्तरियाबाट गन्नाका लागी छुटेको पवनदुत यातायातको ना ५ ख ८११७ नं को बस बिहान ५ बजे एक्कासी बांगाबगरमा सडकमा पल्टेको हो ।
चालक प्रहरी नियन्त्रणमा छ। दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्