सप्तरीमा २ लाख ८५ हजारको गहना र नगद लुटपाट



राजविराज ।
सप्तरीमा २ लाख ८५ हजारको गहना र नगद लुटपाट भएको छ ।
गत शनिबार राति करिब २ बजेको समयमा ५६ जनाको समूहमा आएका नकावधारी डाँका समूहले खडक नगरपालिका–७, कल्याणपुर बस्ने सुरतलाल साहको घरमा लुटपाट गरेको प्रहरीले जनाएको छ।

हतियारसहित आएका डाँकाहरुले साहको घरबाट साढे १ केजी चाँदी र ३ तोला बराबरका सुनका गहना तथा १० हजार नगद गरी २ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल लुटेर लगेको पीडित परिवारले जनाएको छ।

लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्