दुबईमा पक्राउ परेका गोरेका सहयोगी श्रेष्ठलाई नेपाल ल्याईयो, आजै मोरङ लगिँदै



काठमाडौं ।
साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) का सहयोगी वेनु श्रेष्ठ पक्राउ परेका छन् ।

श्रेष्ठलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोग दुबईबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । श्रेष्ठलाई आइतबार दिउँसो नेपाल ल्याई महानगरीय प्रहरी वृत्त, गौशालाको हिरासतमा राखिएको छ ।

श्रेष्ठसँग सामान्य सोधपुछ पछि आजै मोरङ जिल्ला अदालतमा हाजिर गराउने तयारी भइरहको प्रहरीले जनाएको छ ।

श्रेष्ठमाथि गोरे समूहले ३ वर्षमा गरेको करिब ३८ क्विन्टल सुन तस्करीमा दुबई बसेर सेटिङ मिलाउने गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्