वीरगन्जमा भोजपुरी धमाका



वीरगन्ज, (नेस) ।

नेपाल भोजपुरी समाजले शनिबार वीरगन्जमा भोजपुरी सांगीतिक कार्यक्रम आयोजना गरेको छ। भोजपुरी भाषाको उत्थान, विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ समाजले दशैं, तिहार र छठको उपलक्ष्यमा कार्यक्रम आयोजना गरेको हो।

वीरगन्जको आदर्शनगर चोकमा आयोजित कार्यक्रममा वीरगन्ज तथा रौतहटका कलाकारले आफूले सिर्जना गरेको भोजपुरी गीत, संगीत, कविता तथा गजल प्रस्तुत गरेका थिए। नेपाल भोजपुरी समाजका केन्द्रीय अध्यक्ष रामदेवप्रसाद श्रीवास्तवको सभापतित्वमा सम्पन्न कार्यक्रममा १ हजारभन्दा बढी व्यक्तिको सहभागिता थियो।

भोजपुरी गीत तथा संगीत अश्लील बन्दै गएकाले भोजपुरी भाषाको मिठास तथा भोजपुरी संस्कृति र परम्परालाई झल्क्याउने उद्देश्यका साथ वीरगन्जका युवाले नेपाल भोजपुरी समाज तथा अन्य संघ–संस्थाको सहयोगमा आफैंले सिर्जना गरेको गीत, संगीत, गजल तथा कविता प्रस्तुत गर्दा दर्शक झुमेका थिए। कार्यक्रममा स्थानीय कलाकार धरुवसिंह ठकुरी, अज्मत अली, ऋतुराज पटेल, नेक महमद, बिभा मेहता, निरज अचार्यलगायतले गीत–संगीत प्रस्तुत गरेका थिए। कार्यक्रमको सहजीकरण पोखरिया नगरपालिकाकी उपप्रमुख सल्मा खातुन तथा रेडियोकर्मी राजेन्द्र सिंहले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्