कक्षा ११ का विद्यार्थीलाई नतिजा चित्त बुझेन, पुनः परीक्षणको माग



सरोज यादव, विराटनगर ।
कक्षँ ११ को परीक्षामा आशा गरेअनुशारको नतिजा नआएको भन्दै विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय विराटनगरमा ज्ञापन पत्र बुझाएका छन ।

विराटनगर लगायत क्षेत्रका शिक्षण सस्थामा कक्षा १२ मा अध्ययन गरिरहेका विद्यार्थीहरुले असोज २० गते प्रकाशित कक्षा ११ को परीक्षाफलमा आशा गरेभन्दा निकै कम र अपत्यारिलो अंक आएको भन्दै राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय विराटनगरलाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापनपत्र बुझदै कार्यालयका शाखा अधिकृत दयाराम राईले शाखा कार्यालय विराटनगरमा केही अधिकार नरहेकाले केन्द्रलाई ज्ञापन पत्र पठाईदिने बताए । यता विज्ञान विषयमा “सि” प्लस आएको भन्दै सयौंको सख्यामा रहेका विद्यार्थीहरुले परीक्षाफल रद्द गरी उत्तरपुस्तिकाहरु पुनः परीक्षण गराईदिन आग्रह गरेका छन् ।

“सि”प्लसको नतिजा आफूहरुलाई चित्त नबुझेकाले सवै विद्यार्थीहरु पुनः परीक्षण गराउनका लागि संगठित भएको विद्यार्थीहरुले बताएका छन । विद्यार्थीहरुको पुनःपरीक्षण गराउन तदर्थ समिति नै गठन गरेका छन । समितिमा शिक्षादिप, एभरेष्ट, अरनिको, कोवास, कान्तिपुर क्याम्पस लगायतका शिक्षण संस्थाका विद्यार्थीहरु सहभागी छन ।

प्रतिक्रिया दिनुहोस्