नक्कली सुन काण्डमा साढे पाँच लाख सहित थप २ पक्राउ



यमलाल भुसाल, बुटवल ।
नक्कली सुन काण्डमा पाँच लाख चालिस हजार रुपैंया सहित थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यस अंगाडी सोही नक्कली सुन काण्डमा प्रहरीले १२ लाख रुपैंया सहित दुई जनालाई पक्राउ गरेको थियो ।

यहि असोज २२ गते साँझ बुटवल उपमहानगरपालिका वडा नं. २ को फूलवारी गेट नजिकै जिल्ला रुकुम घर भै दाङ तुल्सिपुर ५ वस्ने नरहरी घर्तीलाई नक्कली सुन बिक्रि गरि २१ लाख २५ हजार नगद रुपैंया ठगि गरेको अभियोगमा प्रहरीले रुपन्देहीको देवदह नगरपालिका वडा नं. ६ का सन्तोष भन्ने सुरेन्द्र दर्जी र कपिलबस्तुको कपिलबस्तु नगरपालिका वडा नं. ३ का शंकर भन्ने गवेश्वर वेलवासेलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ठगि भएको ५ लाख ४० हजार रुपैंया समेत बरामद गरेका ईकाला प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्लले बताउनु भयो ।

यस अंगाडी सोही अपराधमा प्रहरीले फोक्सिङ् गाउँपालिका गुल्मी घर भई हाल रुपन्देहीको देवदह १० चरंगेमा बस्ने २७ वर्षीय राजु परियार र सनही गाउँपालिका वडा नं. ६ पढहरी नवलपरासीका ३१ वर्षीय समिर भन्ने अब्दुल गनिलाई पक्राउ गरेको थियो । त्यस वेला प्रहरी १२ लाख रुपैंया बरामद गरेको थियो । दुई पटक गरि पक्राउ परेका ४ जनासंगबाट प्रहरी १७ लाख ४० हजार रुपैंया बरामद गर्न सफल भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानका आधारमा राज भन्ने राजु परियारले आफूसंग सुनको ढिक्का भएको र पैसा लिएर बुटवल आउन आग्रह गरेपछि त्रिवेणी गाउँपालिका वडा नं. ६ का हाल तुल्सीपुर उपमहानगरपालिका वडा नं. ५ दाङ् बस्ने २३ वर्षीय नरहरी घर्ती बुटवल आएका थिए ।

साँझको समयमा सुनजस्तो देखिने पहिलो ढिक्का हातमा थमाएर २१ लाख २५ हजार रुपैंया ठगि गरेको प्रहरी सामु पिडितले बयान दिएका छन् । यस अपराधमा अन्य व्यक्ति समेत संलग्न भएको देखिएको र उनीहरुको पनि खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्