प्रदीप र जसिताको लभ स्टेशन दार्जलिङ



लिली बिली नामक पहिलो फिल्मबाटै जोडी जमेपछि नायक प्रदीप खड्का र जसिता गुरुङ फेरि पनि जोडी बनेको फिल्म लभ स्टेशनको आधा सुटिङ कार्य पूरा भएको छ। गत असोज ११ गते दर्जिलिङमा सुटिङ आरम्भ भएको फिल्मको आधा सुटिङ पूरा भएको निर्माण समूहले जानकारी गराएको छ।

लभ स्टेशनमा प्रदीप र जसिताको जोडीसूगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतले अभिनय गरिरहेका छन्। प्रदीप र जसिताको लभ स्टेसनलाई उज्ज्वल घिमिरेले निर्देशन गरिरहेका छन्। फिल्म ठाउू विशेषको नाम भएको निर्देशक घिमिरेले बताए। फिल्मको कथामा प्रदीप र जसिताको जोडी सुहाएको पनि उनले बताए।

नायक प्रदीपले पारिवारिक प्रेमकथामा आधारित फिल्म भएकाले लभ स्टेशन बिगतको भन्दा केही पृथक हुने बताए। फिल्मको सुटिङ दार्जलिङमा भईरहको छ। ‘काम सोचेभन्दा धेरै राम्रो भईरहेको छ। दार्जलिङको सुन्दर दृष्यले फिल्म झनै राम्रो भएको छु उनले भने। निर्माता तथा अभिनेता गोविन्द शाहीद्वारा प्रस्तुत लभ स्टेशन काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन्। देखि छाया“कन शुरू भएको छ। ‘दुई गीतसहित ५० प्रतिसत छायाूकन सकिएको छ। तोकिएको ३५ दिनमै छायाूकन सकेर हामी तिहार अघि नै काठमाडौं फर्कन्छौूु शाहीले भने। फिल्म दार्जिलिङ र कालिङपोङपछि सिक्किम, फिक्कललगायतका स्थानमा सुटिङ गरिने छ। आलोक शुक्लाले छायाूकन गरिरहेको फिल्ममा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ।

प्रतिक्रिया दिनुहोस्