चोलीको तुना न यता न उता



न यता न उता नामक फिल्मको निर्माण समूहले दशैंको उपहार भन्दै चोलीको तुना बोलको गीत सार्वजनिक गरेको छ।

गीतमा संगीत मिलन जलन र राजन इशान, स्वर राजन इशान, मिलन अमात्य, राजनराज शिवाकोटी र मीना सिंंहको, शब्दरचना एकनारायण भण्डारीको रहेको गीतको भिडियोको कोरियोग्राफी कोरियोग्राफर विक्रम स्वाँरले गरेका छन्।

यसमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, समीरमणि दीक्षित र मिराज रोशनलाई देखिन्छ। फिल्ममा बुद्धि तामाङ, रवीन्द्र झा, राजाराम पौडेल, कमलमणि नेपाल, नम्रता सापकोटा, सेल्सा जिरेल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, लुनिभा तुलाधर (पवनकली), राजन खतिवडा, राजन मुकारुङ र जयनन्द लामाजस्ता कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्