प्रदेशको बजेट कार्यान्वयनको तहमा



विराटनगर, (नेस)
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको बजेट तथा नीति कार्यक्रम बल्ल कार्यान्वयको तहमा पुगेको बताउनु भएको छ ।

उहाँले प्रदेशको संरचना निर्माण भएसँगै सरकारले तय गरेको नीति तथा कार्यक्रम कार्यान्वयको चरणमा अघि बढेको जानकारी दिनुभयो ।

राष्ट्रिय योजना आयोगले विराटनगरमा बुधबार आयोजना गरेको दिगो विकास लक्ष्यमैत्री योजना, अनुगमन मँल्यांकन तथा तथ्यांंकसम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रममा राईले भन्नुभयो–‘दशै अघि सबै आवश्यक संरचना तयार हुनेछन्, त्यसपछि प्रदेश सरकारले तय गरेको नीति तथा कार्यक्रम अनुसार बजेट कार्यन्वयको तहमा अघि बढनेछ’।

उहाँले अहिलेको तीन तहको संरचनामा राम्रो सहकार्य हुन आवश्य रहेकोमा जोड दिँदै मुख्यमन्त्री राईले स्थानीय सरकार बिकासको जंगको रुपमा प्रदेश सरकार भवनको र संघीय सरकारले छानो रुपमा रहेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।

प्रदेश नं १ को मुख्य जंगका रुपमा रहेको कृषि, जलस्रोत्र, पर्यटनलाई मुल आधार बनाएर प्रदेशलाई ५ वर्ष र १० वर्षे योजना बनाएर विकास गर्ने सोचमा सरकार रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले स्थानीय तह र प्रदेश बलियो नबनाएसम्म दिगो विकासको लक्ष्य प्राप्त हुन नसक्ने बताउनुभयो ।
उहाँले प्रदेश र स्थानीय तहको योजना निर्माण गर्ने कुरामा तथ्या ‘क अभावले समस्या हुने गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्