जनप्रतिनिधि आफैं ठेकदार, दल असन्तुष्ट



उत्तम नेपाल, भद्रपुर
निर्वाचित जनप्रतिनिधिले गरेको कामप्रति झापाका स्थानीय राजनीतिक दलले असन्तुष्टि जनाएका छन् । विसवर्षसम्म जनप्रतिनिधि विहीन भएर चलेको स्थानीय तहलाइ तेह्रमहिना अघि कार्यभार सम्हालेका जनप्रतिनिधिले आफ्नो काम,कर्तव्य र अधिकारको बारेमा जानकार नभएपछि राजनीतिक दल उनिहरुप्रति आक्रोसित भएका हुन् ।

जनप्रतिनिधिले कार्यभार सम्हालेको तेह्र महिनापछि जिल्ला समन्वय समिति झापाले पहिलो पटक स्थानीय राजनीतिक दलसँग समन्वय समितिको सभाहलमा राय सुझाव लिएको कार्यक्रममा विभिन्न दलहरुले आ–आफनो धरणामा यस्तो गुनासो पोखेका थिए ।
झापाका ८ नगर र ७ ओटा गाउँमा अधिकाँश जनप्रतिनिधि नै ठेकदार बन्ने,आफु निकटका व्यत्तिलाइ योजना पारेर कमिसन लिने, उपभोक्ता समिति गठनमा आफ्नो पहुँच देखाउने,कर बढाएर विलासिताका वस्तु खरिद गर्ने लगायतका दर्जनभन्दा बढी कामप्रति सन्तोषजनक नभएको राजनीतिक दलको आरोप छ ।

जनप्रतिनिधिले एकलौटी तवरले काम गरिरहेको नेपाली काङ्गे्रसका भद्रपुर उपसंयोजक मन प्रसाद कोइरालाले बताए । शक्तीशाली सरकारले नाताबादबाट काम गरेकोमा उनले आपत्ती जनाए । जनप्रतिनिधिले काम विगारेमा कारबाही हुने अङ्कुश नलगाएका कारण मनोमानी बढदै गएको साविक एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेलले जनाए । क्षेत्राधिकार अन्यौल भएकोले समेत स्थानीय तह सञ्चालनमा कठिनाइ आएको उनले बताए ।
त्यसैगरी बहुमतको दम्भका कारण योजनाहरु कोठामा नै बनाउने गरेको राप्रपाका शङ्कर रिजालले बताए । सरकार पक्षले काम विगारेमा ढाकछोप गर्ने परिपाटी भएकोले बहुमतले मुलुक नचल्ने उनले जनाए । विगतकोभन्दा विकास भएपनि विपन्न परिवारको विकास तर्फ ध्यान नदिएको एमालेका गजेन्द्र लिम्बूले बताए । वडाअध्यक्षहरु ठेकदार भएर ०७४।७५का योजनाहरु अहिलेपनि काम गरिरहेको उनले आरोप लगाए ।

भरर्खरै झापा गाउँपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएपनि लोहटा बोकेर खोला जानेक्रम नरोकिएको उनले बताए । कगजमा मात्र घोषणा भएको उनको आरोप थियो । जनप्रतिनिधिलाइ निती नियम केही थाहा नभएको उनको भनाइ थियो ।

जनप्रतिनिधिलाइ तालिमको अवश्यक्ता जरुरी भएको राप्रपा कचनकवलका लाल बहादुर ढुङगानाले बताए । योजना तर्जुमा समेत गर्न नजान्ने जनप्रतिनिध भेटिएको उनको भनाइ छ । लक्षित वर्गको रकम सम्बन्धित समुदायलाइ नपुगेको गौरीगञ्ज गाउँपालिकाका विष्णु न्यौपानेले बताए । कमिसन विना काम फरफारक नहुने भएकोले ठेकेदारलाइ थला बस्ने गरीको कानून ल्याइनु पर्ने उनको माग थियो ।

त्यस्तै कर बढाएर जनताको ढाड भाँचेको नेपाली काङ्ग्रेस हल्दीबारीगाउँपालिका सहसंयोजक गङ्गा प्रसाद प्रसाईले बताए । विकास भएपनि त्रुटीपूर्ण काम भएको उनले जनाए । उपभोक्ता समिति गोजीको भए काम फरफारक हुने बाहिरको भएमा विभिन्न बहानामा दुःख दिइरहने उनले बताए । जनताबाट कर असूली गरेर विलासिताका सामान खरिद गरेकोमा उनले आपत्ती जनाएका थिए । जनताको अपेक्षा अनुसार केही काम नभएको राप्रपाका मेचीनगरका अध्यक्ष शुसिल आचार्यले बताए । सरकारी कर्मचारीको सेण्डीकेटले जरा गाडेका कारण स्थानीय तह असफल हुनेमा उनले शङ्का गरे ।

जनप्रतिनिधिको कामबाट जनता सन्तुष्टि नभएको उनले जनाए । अधिकार विनियोजन गरेपनि प्रणाली अनुसार काम नभएको माओवादी हल्दीबारीका गणेश चुडालले बताए । पारदर्शीरुपमा काम नभएर सेटिङ्मा हुने गरेका कारण भ«ष्टचार बढेर गएको उनले बताए । जनप्रतिनिधिले सडकलाइमात्र ध्यान दिएर काम,कर्तव्य र अधिकार भुलेको माओवादीका शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराइले बताए । वडा अध्यक्षलाइ तालिम नदिने हो भने अबको केही बर्षपछि सवै अख्तियारमा जाने उनले बताए । जनप्रतिनिधिको क्षमता नभएकोले स्थानीय तहले विकास भनेको गिटी,बालुवा लगायतको मात्र सम्झिएको उनले जनाए ।

पन्ध्रओटा स्थानीय तहका ६ ओटा राजनीतिक दलको उपस्थिती रहेको थियो । स्थानीय तहको एक वर्षलाइ राजनीतिक दलले कसरी हेरेको छ भन्ने उद्देश्य राखेर यस्तो कार्यक्रमको आयोजना गरिएको जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले बताए । राजनीतिक दलले राखेको रायसुझावलाई यही २६ र २७ गते सवैजनप्रतिनिधिलाइ उपस्थित गराइ सार्वजानिक गरिने उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्