सुपथ मूल्य पसलमा उपभोक्ताको भिड



SONY DSC

विमल विष्ट, डोटी
साल्ट ट्रेडिङ कर्पोरेसनको उप शाखा कार्यालय डोटीले दशै र तिहारका लागि डोटीको दिपायल स्थित पिपल्ला बजारमा सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ । सुपथ मुल्यको पशल सञ्चालनमा आएपछि उपभोक्ताको भिड लाग्ने गरेको छ ।

उपभोक्तालाई चिनी र नुन सुपथ मूल्यमा बिक्रीका लागि कार्तिक २० गतेसम्मका लागि सो पशल पसल सञ्चालनमा ल्याइने भएपछि अहिले यहाँका ग्रामिण क्षोत्रका स्थानियबासीहरुको चिनी र नुन किन्न भ्याई नभ्याई भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन उप शाखा कार्यालयका सहायक महाप्रबन्धक दिपकराज भट्टले शाखाबाट बिहान १०.३० बजे देखि साँझ ५.३० बजेसम्म सुपथ मूल्यका पसल सञ्चालन भईरहेको बताउनु भयो ।
पसलबाट उपभोक्ता लाई बजार मूल्य भन्दा चिनी ६ र नुन ४ रुपियाँ कम गरी बिक्री गर्ने व्यवस्था गरिएको छ ।

कर्पोरेसन उप शाखा डोटीले सुपथ मुल्यको पशल सञ्चालनमा ल्याएपछि अहिले दैनिक एक सय भन्दा बढी स्थानिय बासी (उपभोक्ता) ले चिनी र नुन किन्ने गरेको कर्पोरेसन उप शाखा कार्यालय डोटीले जनाएको छ ।

बजारमा चिनी ८५ र नुन २० रुपिया प्रतिकिलोका दरले बिक्री हुदै आएको छ । दसै र तिहारको अवधिमा कर्पोरेसनले चिनी ७९ र नुन रु १६ रुपिया प्रतिकिलोका दरले बिक्री गर्ने ब्यबस्था मिलाईएको साल्ट ट्रेडिङ कर्पोरेसनका उप शाखा सहायक महाप्रबन्धक भट्टले बताउनु भयो ।

गत बर्ष समेत कर्पोरेसनले सुपथ मूल्यका पसल सञ्चालन गरी उपभोक्तालाई सेवा प्रदान गरेको थियो । सुपथ मूल्यका पसल सञ्चालन गरिएका शाखामा उपभोक्ताको चापलाई ध्यानमा राखी चिनी र नुनको सहज आपूर्तिको व्यवस्था समेत मिलाइएको बताउदै महाप्रबन्धक भट्टले थप भन्नु भयो ‘कसैले पनि सुपथ मूल्यको पसलबाट बिक्री हुने चिनी र नुनको कालोबजारी गरेको पाईए कडा कारबाही गरिने छ ।’

प्रतिक्रिया दिनुहोस्