केन्यामा बस दुर्घटना, ४२ जनाको मृत्यु



काठमाडौं, अफ्रिकी मूलुक केन्यामा बस दुर्घटना हुँदा ४२ जनाभन्दा बढीको मृत्यु भएको छ। केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहानै बस दुर्घटना भएको केन्या प्रहरीले जनाएको छ।

प्रान्तीय ट्राफिक प्रहरीले घटनास्थलमै ४२ जनाको मृत्यु भएको र बसभित्र अरु पनि यात्रु रहेकाले मृत्यु हुनेको संख्या अरु बढ्न सक्ने बताए।राजधानी नैरोबीबाट पश्चिमी सहर काकामेगातर्फ जाँदै गरेको बसमा ५२ जना यात्रु रहेको प्रहरी अधिकारीहरुले बताए ।

बस दुर्घटनाको खास कारण थाहा नभएको केन्या रेडक्रसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्