सम्पदा बस्तीको मौलिक पुनर्निर्माण हुनुपर्छ



बुङ्गमतीजस्ता सम्पदा बस्तीको मौलिक ढङ्गमा पुनर्निर्माण हुनु जरुरी छ । सम्पदा बस्तीभित्रका घर मौलिक शैलीमा पुनर्निर्माण भएमा नेपालको मौलकिता खलल नहुने देखिन्छ । बुङ्गमतीको मौलिक स्वरुपमा पुनर्निर्माण गर्दा ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटक ल्याउन सकिन्छ, यसले जीविकोपार्जनमा टेवा पुग्छ, सम्पदा बस्ती पुनर्निर्माणका लागि पूर्वाधार विकास गर्न पनि प्राधिकरणले सहयोग गर्नुपर्छ ।

बुङ्गमतीलाई समेटेर सम्पदा पर्यटकीय चक्रपथ बनाउने योजना तयार पार्नुपर्नेसमेत देखिएको छ । कला, संस्कृति र सम्पदाको संरक्षणबाट नै यस क्षेत्रको समृद्धि सम्भव छ । समृद्धिका लागि पनि मौलिक बस्ती पुनर्निर्माणमा सबैले सहयोग गर्नुपर्छ । जानकारका अनुसार बुङ्गमती क्षेत्रमा ८०५ जनाले निजी आवास निर्माणका लागि अनुदान सम्झौता गरेका छन् ।

त्यसमध्ये ५९३ पीडितले पहिलो किस्ता लिएका छन् । घर निर्माण शुरु गरेर दोस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या भने निकै कम रहेको देखिन्छ । भूकम्प प्रभावित लाभग्राहीले नक्सा बनाउन नसक्नु, सम्पदा क्षेत्र भएका कारण पास गर्न कठिनाइ हुनु, भोगचलनको समस्या तथा घरजग्गा दर्ता नहुनु आदि समस्या रहेको अहिले देखिएको छ ।
– सुन्दरमणि पोख्रेल, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्