बाल आँखा रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न



‘बढिरहेका आँखाका लागि हासिल गरौं ज्ञान’ विषयमा आधारित बाल आँखा रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०१८ सम्पन्न भयो।
तिलगंगा आँखा प्रतिष्ठानद्वारा आयोजित यस सम्मेलनको मुख्य उद्देश्य बाल आँखा रोगको उपचारबारे सीप, प्रविधि र ज्ञानको आदानप्रदान गर्नु हो। देशभरका बाल आँखा रोग विशेषज्ञको सहभागिता रहेको उक्त अन्तराष्ट्रिय स्तरको गोष्ठी नेपालमा पहिलोपटक सञ्चालन भएको हो।

प्रतिष्ठानका बाल आँखा रोग विशेषज्ञ तथा आयोजक समितिका अध्यक्ष डा. सृजना अधिकारी भन्नुहुन्छ– ‘यस सम्मेलनमा बालबालिकामा हुने दृष्टिदोष, टेढो आँखा, अल्छी आँखा, जन्मजात मोतिविन्दु, जलविन्दु, आँखामा लाग्ने चोटपटक, आँखाको क्यान्सर, उमेर नपुगी जन्मेका बच्चामा लाग्ने आँखा रोग, मस्तिष्कसम्बन्धी रोग लागेका बालबालिकामा हुने आँखा समस्या, आँखा रातो हुने, चिलाउने आदिसम्बन्धी छलफल गरिएको थियो।

बाल आँखा रोगसम्बन्धी नेपालमा विभिन्न आँखा अस्पतालले सेवा उपलब्ध गराइरहेका छन्, तर प्रमुख र जटिल समस्याका लागि बाल आँखा रोग दक्ष चिकित्सकको अभावमा राजधानीसम्म धाउनुपर्ने बाध्यता रहेको छ। यो अवस्था हिमाल र पहाडी क्षेत्रका जनताका लागि निकै कष्टकर रहेको छ। सन् २०१४ मा नेपालमा गरिएको पहिलो र ठँलो सर्भेमा शँन्य दशमल्भ शँन्य ६ प्रतिशत बालबालिकामा बाल अन्धोपन देखिन्छ। त्यसमध्ये ८० प्रतिशत बालबालिकाको उपचार गरेर हटाउन सकिने अन्धोपन भेटिएको छ। यस सम्मेलन सिक्ने र सिकाउने प्रक्रियामा आधारित भएकाले सबै देशका आँखा रोग विशेषज्ञलाई लाभदायी हुनेछ। यो समस्याको न्यँनीकरण गर्न यस्ता सम्मेलनले सहयोग पु¥याउँदछ।’

यस सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरेर आँखाको बालरोग विशेषज्ञ, सामान्य नेत्र विशेषज्ञ, आवासीय चिकित्सक, अफ्थाल्मिक एसिस्टेन्ट, एनेस्थेटिक गरी १ सयभन्दा बढीको सहभागिता रहको थियो ।

यसमा देशभित्र र देशबाहिरका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बाल आँखा रोग विशेषज्ञद्वारा विभिन्न छलफल, जाँच, रोगको औषधी तथा शल्यक्रियाद्वारा उपचार आदि विषयमा कार्यक्रम सञ्चालन गरिएको थियो। सम्मेलनमा नेपाल, सिंगापुर, अमेरिका, बंगलादेश, क्यानडा, भुटान, साउदी अरेबियालगायतका बाल आँखा रोग विशेषज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए।

यही अक्टोबर ३ मा शुरू भएको सम्मेलन अक्टोबर ६ सम्म सञ्चालन भएको थियो। प्रतिष्ठानमा प्रयोगात्मक ३ दिन र प्रतिष्ठानबाहिर १ दिन सञ्चालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्