बेरोजगारी न्यूनीकरणमा स्थानीय सरकारको पहल खोइ ?



बेरोजगरी समस्या हल गर्न स्थानीय सरकारले पहल नगरेको पाइएको छ । स्थानीय सरकारले त्यसै अनुरुपका कार्यक्रम नल्याउँदा बेरोजगारी समस्या न्यूनीकरणमा समस्या सिर्जना भएको छ । समस्या न्यूनीकरणमा स्थानीय सरकारले थप सहयोग गर्नुपर्ने, नयाँ आयोजनाहरु ल्याएर स्थानीय स्तरमै रोजगारी सृजना गर्नुपर्ने, यस्ता विषयहरु स्थानीय सरकारले समाधान गर्न नयाँ योजनाहरु ल्याउनुपर्ने बहस चर्कोरुपमा उठिरहे पनि यसतर्फ जनप्रतिनिधिले ध्यान दिएको पाइएको छैन ।

विकासमा पारदर्शिता र सुशासन कायम हुनुपर्दछ, कोही कसैले पनि जनताबाट उठेको करलाई बेथिति गर्न मिल्दैन, यो बहस पनि अहिले कायमै रहेको छ । यति मात्र हैन, अहिलेको सरकार सम्हालेका चाहे स्थानीय तह किन नहुन्, चाहे प्रदेश, चाहे केन्द्र, अझै बढी केन्द्रीय सरकारसँग र उसका गतिविधिहरुसँग पक्ष वा विपक्षले तिखो नजर लगाएका बेला पनि देशभरका स्थानीय सरकारहरुले समेत एकपछि अर्को गर्दै गलत काम गरेको समाचार आइरहनु विडम्बना हो ।
अझै पनि केही बिग्रेको छैन ।

भएका कमी–कमजारीहरुलाई तत्काल समीक्षा गरेर आगामी दिनहरुलाई प्रभावकारी बनाउनतर्फ जिम्मेवार निकायहरु लाग्नुपर्ने अहिलेको आवश्यकता हो । यसतर्फ सबैको ध्यान जाओस् ।
– हेमन्त सुनार, दैलेख ।

प्रतिक्रिया दिनुहोस्