सर्टीफिकेटको सिरानी लगाएर सुत्न पर्ने बाध्यताको अन्त्य हुनुपर्छः मन्त्री बराल



अनिल खत्री, गुल्मी ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री शुर्दशन बरालले ठूला कलेजमा पढेर पनि सटीफिकेटको सिरानी लगाएर सुत्न पर्ने बाध्यताको अन्त्य हुनु पर्ने बताएका छन् । सोमबार गुल्मी जिल्लाको ईश्मा गाउँपालिका वडा नं २ को पालुखा माध्यमिक बिधालयलाई कक्षा ११ र १२ सञ्चालनका लागि आयोजित धार्मिक तथा शैक्षिक महोत्सवको उद्घाटन गर्दै मन्त्री बरालले सटिपिकेटको सिरानी लगाए सुत्नु पर्ने केहि नभएको मान्छे जस्तो निरिह भएर हिडनु पर्ने अत्य गरिने बताएका छन् ।

उनले २१ औ शताब्दीमा बिश्वको युगमा संसारको जुनसुकै कुनामा उपस्थित भएर प्रतिस्पर्धा गर्न सक्ने योग्य युवा उत्पादन गर्न सरकार लागि परेको बताए । त्यसको निम्ति गाउँमा प्राबिधक शिक्षा आबश्यक रहेको छ मन्त्री बरालले भने,‘बर्तमान समय प्रबिधिमय भएकाले र गाउँघरमै बसी घरकै उत्पादन खाएर प्राबिधिक शिक्षा हासिल गर्ने गरि प्रदेश सरकार लागि परेको छ ।’


मुलुकको साधारण शिक्षा संगसंगै प्राबिधिक शिक्षा अहिलेको आबश्यकता भएकाले गाउँघरमै कृर्षि जेटिए लगायतका प्राबिधिक शिक्षालाई बिस्तार गरि बर्तमानयको आबश्यता रहेको बताए । गाउँकै बिधालयहरुलाई बिज्ञान प्रयोगशाला,कम्प्युटर प्रयोगशालाहरुलाई मध्यनजर राख्दै प्रबिधिसंग जुध्ने गरि अबको शिक्षा आबश्यकता भएकाले मन्त्री बरालको भनाइ छ । मन्त्री बरालले प्राबिधिक शिक्षा मापर्फत देशमा बिद्यमान बेरोजगारलाई अन्त्य गर्न सक्ने आधार भएको बताए ।

उनले अहिले गाउँदेखी शहरसम्म सुबिधा सम्पन्न प्रबिधिको माध्यमले नै जोड्न सकिने भएकाले त्यसको पनि गृहकार्य मन्त्रालयले गरिरहेको बताए । गाउँ र शहरलाई जोडने माध्यम भनेकै प्रबिधि हो मन्त्री बरालले भने,‘यसलाई मन्त्रालयले गम्भिरताका साथ लिएको र गाउँमा प्राबिधिक शिक्षालय स्थापना गर्नका लागि मन्त्रालयले भरपुर सहयोग गर्नेछ ।’

शैक्षिक तथा धार्मिक महोत्सबाट उठेको रकमलाई सहि सदुपयोग गरि प्राबिधिक शिक्षा स्थापना गर्न जोड दिए । उनले स्थानीय सरकारसंगको सहकार्यलाई जोड दिई प्राबिधिक शिक्षा लिनका लागि युवा युबतीहरुलाई शहर जान बाध्य हुने अबस्थाको अन्तय गर्न मन्त्री बरालले सुल्झाए । आजबाट सुरु भएको शैक्षिक तथा धार्मिक महोत्सब असोज ३० गतेसम्म सञ्चालन हुने महोत्सव मुल आयोजक समितिका संयोजक टिकाबहादुर रेश्मीले बताए ।


महोत्सवको पहिलो दिन बिभिन्न बिद्यालयका बिद्यार्थीहरु समुहहरुले कलश यात्रा सहित बिभिन्न कार्यक्रमहरु राखेका थिए । महायज्ञ सञ्चालन गर्नको लागि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबं इस्मा गाउँपालिका २ का वडा अध्यक्ष टिकाबहादुर रेश्मीको संयोजकत्वमा ३ सय ५१ सदस्यि मुल आयोजक समिति सदस्य गठन गरिएको थियो ।

महायज्ञलाई प्रभावकारी बनाएर सम्पन्न गर्नको लागि भन्दै २३ वटा उपसमिति समेत गठन गिरएको अयोजकले जनाएको छ । ९ दिन सम्म पालुखा माबिको छल्दीमा सञ्चालन हुँने महायज्ञमा बाल योगेश्वर महाराज कथा प्रवचन गर्ने बिद्यालयले जनाएको छ । महोत्सवबाट उठेको रकमबाट बिद्यालयले आगामी वर्षदेखि कक्षा ११ को पठनपाठन समेत सुरु गर्ने लक्ष्य लिएका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्