इन्डोनेसिया: ५ हजार बेपत्ता



जाकार्ता (एजेन्सी)
इन्डोनेसियामा भुकम्प र सुनामीको विध्वंशमा कम्तिमा ५ हजार ब्यक्ती बेपत्ता अवस्थामा रहेको बतायएको छ । उक्त आंकडा शहरको पोतोबो र बालारोआ क्षेत्रका स्थानिय प्रमुखको गणनामा आधारित रहेको विपत्त ब्यवस्थापन निकायले जनाएको छ ।

उक्त निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले बालारोआ र पोतोबोका प्रमुखको जानकारी अनुसार कम्तिमा ५ हजार जना बेपत्ता छन् । ती इलाका भग्नावशेष मै पुरिएकोले सही संख्या अहिलेसम्म थाहा हुन नसेकेको उनले बताए । उक्त विपत्तीमा अहिलेसम्म १ हजार ७ सय ६३ शब प्राप्त भइसकेको उक्त निकायले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्