कात्तिकमा पुकारको गुनगुन



अभिनेता पुकार भट्टराईद्वारा निर्देशित फिल्म गुनगुन आगामी कात्तिक ३० गते अल नेपाल रिलिज हुने भएको छ।

सामाजिक प्रेमकथामा आधारित फिल्म अभिनेता भट्टराईले पहिलोपटक निर्देशन गरेका हुन्। प्राथना फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा सञ्चिता लुईंटेल, रवीन्द्र प्रताप सेन, सुवास मेचे, नवीन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भीम मैनाली, बालदीप राई, विपिन प्रसाईं र निर्देशक भट्टराई प्रमुख भूमिकामा छन्। हिमाल केसीको द्वन्द्व, सौरभ लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ। अभिनेता तथा निर्देशक भट्टराईले कलाकारिताबाट सँगालेको अनुभवलाई गुनगुनमा निर्माता र निर्देशकका रूपमा प्रयोग गरेको बताए। उनले यसअघि केही सर्ट फिल्म र भाषाभाषीको फिल्म भने निर्देशन गरिसकेका छन्।

गुनगुनको हालै मात्र पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका मुख्य पात्रलाई समेटिएको छ भने यसको कथासारलाई पनि झल्काउने प्रयास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्