भारत: पुटिन भारतमा



नयाँदिल्ली (एजेन्सी)
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिवशिय भारत भ्रमणका लागि नयाँदिल्ली पुगका छन् । भ्रमणका क्रममा पुटिन र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीबीच महत्वपुर्ण अन्तराष्टिय तथा क्षेत्रिय मुद्दामा शिखर वार्ता हुने बताइएको छ ।

भारत रुससँग सामरिक दृष्टिले महत्वपुर्ण एस–४०० एयर डिफेन्स सिस्टम खरिद गर्ने बताइएकोछ । भ्रमणका क्रममा यस सम्बन्धित सहमतिमा सम्झौता हुने छ । तर विगत केही बर्षमा विश्व मामिलामा भारतको झुकाव अमेरिका तर्फ झुकेको छ । एस ४०० विश्वको सबैभन्दा प्रभावशाली हवाई प्रतिरक्षा प्रणाली मानिएको छ । अमेरिका रुस र चीनसँग मात्र यस प्रकारको प्रणाली रहेको छ ।

प्रतिक्रिया दिनुहोस्