उमा कुङफु टोली युके प्रस्थान



काठमाडौं, (नेस)
विश्व उमा कुङफु च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली युकेको अर्चोस्टर प्रस्थान गरेको छ । अक्टोबर ५ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा कमल मगर तथा महिलामा मुन्नी सुवेदीले प्रतिस्पर्धा गर्नेछन् ।

कमलले तीन स्पर्धा मोङकी बक्सिङ, नाइन स्टिक्स र किक बक्सिङमा सहभागिता जनाउने छन् । मुन्नीले ताइची स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । मुन्नी गत सेप्टेम्बरमा जर्मनीमा सम्पन्न १२ औं विश्व मार्सल आर्ट च्याम्पियनसिपकी कांस्य विजेता हुन् ।

प्रतिक्रिया दिनुहोस्