पुलिसलाई पाँच स्वर्ण



काठमाडौं, (नेस)
नेपाल पुलिस क्लबले दोश्रो नेपाल स्ट्रङ्गेष्ट २०१८ मा महिला तर्फको खेल समाप्त हुँदा ५ स्वर्ण जितेको छ ।

नेपाल भारोत्तोलन संघका तत्कालीन उपाध्यक्ष सुनिललाल जोशीको स्मृतीमा आयोजना गरिएको भारोत्तोलन प्रतियोगिताअन्तर्गत स्ट्रङ्गगेष्ट महिलामा पुलिसकी तारादेवी पुनले स्वर्ण जितिन् ।

उनले ७५ केजीमाथीको तौल समूहको सिनियर तर्फ स्नाचमा ७१ केजी र क्लिन एण्ड जर्कमा ९५ केजी गरी कूल १ सय ६६ केजी भार बहन गरेकी थिइन्। दोश्रो स्थानमा रहेकी नेपाली सेनाकी अश्मिता राईले स्नाचमा ५० र क्लिनमा ६२ गरि कुल १ सय १२ केजी भार बहन गरिन् । सोही विधाको जुनियर तर्फ भएको एकल प्रतिस्पर्धामा नेपाल ब्यायाम मन्दिरकी विद्या राईले स्नाचमा ४०, क्लिनमा ६२ का साथ कुलमा १ सय २ केजी भारका साथ स्वर्ण हात पारिन् ।

यसैगरी पुलिसकी संगिता राईले ४८ केजी तौल समूहको सिनियर तर्फ सेनाकी रिता गुरुङ्गलाई पछि पार्दै स्वर्ण जितिन् । राईले स्नाचमा ५३ केजी र क्लिन एण्ड जर्कमा ६७ केजीका साथ कुलमा १ सय २० केजी भार बहन गरिन् । रिताले स्नाचमा ४५ र क्लिन एण्ड जर्कमा ५३ केजी गरि कुल ९८ केजी भार उचालिन् । यसै समूहको जुनियर तर्फ झापाकी करिना चौधरीले कुल १ सय केजी भार बहन गर्दै स्वर्ण जितिन् ।

काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको महिलाको ५३ केजी तौलमा पुलिसकी देवी कुमारी चौधरीले स्नाचमा ६५, क्लिनमा ७५ केजी गरी कुलमा १ सय ४० केजी भार उठाउँदै स्वर्ण हासिल गरिन् । दोश्रो स्थानमा रहेकी सेनाकी मनिषा रानाभाटले स्नाचमा ५० तथा क्लिनमा ७० केजी गरि कुल १ सय २० केजी उचालिन् ।

५८ केजी तौलमा सिनियर तर्फ सेनाकी कमला श्रेष्ठले स्नाचमा ६५ केजी र क्लिनमा ७५ केजीका साथ कुलमा १ सय ४० केजी उचालेर स्वर्ण जितिन् । ६३ केजीको सिनियर तर्फ सेनाकी सारदा चौधरीले स्वर्ण पाईन् । एकल प्रतिस्पर्धामा उनले स्नाचमा ६० र क्लिनमा ६५ केजी गरि कुल १ सय २५ केजी भार बहन गरिन् ।

 

प्रतिक्रिया दिनुहोस्