हाउडे माया सिर्जनाको नौटंकी माया



हाउडे माया गायिका सिर्जना खत्रीको नौटंकी माया बोलको नयाँ गीत म्युजिक भिडियोसहित हालै सार्वजनिक भएको छ।

गीतमा शब्द तथा संगीत गायिका सिर्जनाकै रहेको छ भने उनलाई मिस्टर आर्जेले गायनमा साथ दिएका छन्। भिडियोमा नायिका आँचल शर्मा, नायक एसराज गराच र सिर्जनाको अभिनय रहेको छ। राजीव समरको निर्देशनमा तयार भएका भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्