तेह्रथुम पावरले ३० प्रतिशत शेयर जारी गर्दै



काठमाडौं, (नेस)
तेह्रथुम पावर कम्पनीले जारी पुँजीमध्ये १० प्रतिशत अर्थात ४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीय बासिन्दालाई र २० प्रतिशत अर्थात ८ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्न एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र एनआईबीएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गर्नुभयो ।

हाल उक्त कम्पनीको अधिकृत पुँजी ४० करोड, जारी पुँजी .४० करोड र चुक्ता पुँजी २८ करोड रुपियाँ रहेको छ । स्थानीय बासिन्दा तथा सर्वसाधारणमा शेयर निष्काशन गरी बाँडफाँड गरेपश्चात कम्पनीको चुक्ता पुँजी ४० करोड रुपियँ हुनेछ ।

तेह्रथुम पावर कम्पनीले तेह्रथुम जिल्लाका साविक मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविसहरु हाल मेन्छ्यायेम गाउँपालिकामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरूङ्गा खोला साना जलविद्युत् आयोजनाको निर्माण कार्य गरिरहेको छ । हालसम्म आयोजनाको काम ५५ प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणसँगको सम्झौताअनुसार २०७६ पुस १ गते व्यापारिक विद्युत् उत्पादन गर्नुपर्नेछ तर कम्पनीले आयोजना २०७६ सालको असार १ गते अथवा ६ महिना पहिले नै विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको छ ।

आयोजनामा माछापुच्छ«े बैंकको अगुवाईमा नेपाल बंगलादेश बैंक र जनता बैंकको १ अर्ब (४०÷३०÷३०) रुपियाँ लगानी रहेको छ ।
आयोजनामा डिजाइन तथा सुपरभिजन कन्सल्टेन्ट क्लिन इनर्जी कन्सल्टेन्सी, मुख्य इन्जिनियर मणिराज दाहाल, सिभिल निर्माण कम्पनीमा धौलागिरी कन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट÷खड्का कृष्ण जेभी, हाइड्रोमेकानिकल कम्पनीमा श्रीभगत कन्स्ट्रक्सन, इलेक्ट्रोमेकानिकल कम्पनीमा एन्ड्रिज हाइड्रो प्रालिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्