टिचर्स फुटबल हुने



काठमाडौं, (नेस)
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएन नेपाल (एन प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटीको आयोजनामा अन्तर विद्यालय फाइभ ए साइड टिचर्स फुटबल प्रतियोगिता असोज २३ गतेदेखि हुने भएको छ । प्रतियोगितामा २४ टिमको सहभागिता रहने आयोजक कमिटीका अध्यक्ष प्रेमकुमार भुजेलले जनाएका छन् । प्रतियोगिताका खेलहरु काँडाघारीस्थित अर्किड स्कुलमा हुनेछ । नगद पुरस्कारको पनि व्यवस्था रहेको प्रतियोगिताको प्रतियोगिताको फाइनल असोज २४ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्