प्रदेश १ को नाम र राजधानी शुक्रबारसम्म टुंगिने



सरोज यादव, विराटनगर ।
प्रदेश नम्बर १ को नाम र राजधानीको विषय आउदो शुक्रबारसम्ममा निष्कर्षमा पुग्ने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले आउँदो शुक्रवारसम्ममा नाम र राजधानीको विषयमा एउटा निश्कर्ष पुग्ने विश्वास व्यक्त गरेका हुन ।

 

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) प्रदेश संसदीय दलको दुई दिनदेखि चलिरहेको वैठकमा चर्चामा आएका प्रदेशको नाम र स्थायी राजधानीका लागि शहरका विषयमा छलफल भएको भन्दै उनले आउँदो शुक्रवारसम्ममा एउटा निश्कर्षमा पुग्ने बताएका हुन । आन्तरिक मामिला मन्त्रालयमा मंगलबार सञ्चाकर्मीसंग कुराकानी गर्दै कार्कीले प्रदेश सभाको यही अधिवेशन बाटै प्रदेशको नाम र स्थायी राजधानीको टुङगो लाग्ने पनि बताए ।

 

नामको ट्ङगो लागे पछि विभिन्न राजनीतिक दलहरुसंगको छलफल पछि प्रदेश सभामा पेश गरी यही अधिवेशन भित्र प्रदेशको नाम र स्थायी राजधानीको घोषणा गरिने उनको भनाई छ । मन्त्री कार्कीले संसदीय दलको बैठकमा मगलबारसम्म २० जना प्रदेश सभा सदस्यहरुले आफनो धारणा राखेको पनि जानकारी दिए । प्रदेश नं १ मा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का ६७ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । प्रदेशसभामा नेकपाको दुईतिहाई मत रहेको छ ।

 

प्रदेशसभामा रहेको दुईतिहाई मतले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने संवैधानिक प्रावधान छ । नेकपाको संसदीय दलको बैठकले प्रदेशको नाम र राजधानीको विषयमा गर्ने निर्णय नै अन्तिम हुनेछ । प्रदेशको अस्थायी राजधानी रहेको विराटनगर महानगरलाई नै स्थायी राजधानी बन्नेमा अधिकांश विराटनगरवासी र अधिकासं सांसदहरु ढुक्क जस्तै रहेको बेला राजधानी विकेन्द्रीत गर्ने मुख्यमन्त्री शेरधन राईको प्रस्तावले प्रदेश १ अहिले नाम र राजधानीको विषयलाई लिएर निकै तातिएको छ ।

प्रतिक्रिया दिनुहोस्