मुटु दिवसमा हाइकिङ र साइकल



विश्व मुटु दिवसको अवसरमा धुलिखेलदेखि भट्टीडाँडा हुँदै काभ्रेकोट भाटगाउँ जुरेलीडाँडा बतासेचोक शारदाथान दलिनचोक गोरखनाथ त्रिवेणीघाटसम्म पदयात्रा गरिएको छ।

पदयात्रीले ६ वटै नगरपालिकालाई समेटेको थियो। रोटरी क्लब अफ धुलिखेल तथा रोटरी क्लब अफ पनौतीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा क्षेत्रीय होटल संघ, धुलिखेल उद्योग वाणिज्य संघ, लायन्स क्लब अफ काठमाडौं टेम्पल पिस तथा द्वारिकाज रिसोर्टको सहयोग रहेको थियो। धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले उक्त पदयात्राको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा रोटरी पनौतीको टिम सहभागी थियो भने धुलिखेल अस्पतालका डा. सुदीप श्रेष्ठ, गणपति विष्णु दल गणका सुवास खड्कालगायतले मुटु जोगाउन जीवनशैली परिवर्तन गर्नुपर्ने बताएका थिए।

मुटु दिवसकै अवसर पारी जी व झिगु नाला समँहले आयोजना गरेको ‘राइड टु नाला २०१८ ः पेडल फर नाला, पेडल फर हर्ट’ साइकल यात्रा सम्पन्न गरे। पाटनको मंगलबजारदेखि नालासम्मको २४ किलोमिटर दँरीको साइकल यात्रामा ८ वर्षका सुयोग बस्नेतदेखि ६५ वर्षका इन्द्र कर्माचार्यसम्म सहभागी थिए। संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीले शुभारम्भ गरेको साइकलयात्रा लुभु, गुन्डु, सँर्यविनायक, च्यामासिंह, ताथली, नालाछाप, नाला गुम्बा हुँदै बजार परिक्रमा गरेको थियो।

जी व झिगु नाला समँहका संयोजक ईश्वर अनामणि श्रेष्ठले साइकल यात्राबाट संकलित रकमबाट खरिद गरेको औषधि तथा फर्निचर नाला हेल्थ सेन्टर व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्