‘यामाहा एक्सचेन्ज एन्ड अपग्रेड’ अभियान शुरु



काठमाडौं, (नेस)
यामाहाले ग्राहकका लागि साताव्यापी ‘एक्सचेन्ज एन्ड अपग्रेड’ अभियान शुरु गरेको छ । यो अभियानअन्तर्गत यामाहा ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा सर्वोत्कृष्ट मँल्यांकन पाइने कम्पनीले जनाएको छ ।
यामाहाको ग्राहक केन्द्रित अभियान नेपालभरका यामाहा शोरुममा १४ असोजदेखि १९ असोजसम्म सञ्चालन हुनेछ ।

‘अहिलेको समय पुराना मोटरसाइकल वा स्कुटर साटेर प्राविधिक रुपमा अत्याधुनिक यामाहामा अपग्रेड हुने सबैभन्दा उत्तम समय हो,’ एमएडब्लु इन्टरप्राइजेज, टु–ह्विलर डिभिजनका सीइओ चिरञ्जीवी शाहले भन्नुभयो–‘यो अवधिमा ग्राहकले जुनसुकै ब्रान्डका पुरानो मोटरसाइकलको सबैभन्दा उच्चतम मँल्यांकन पाउनुहुनेछ । साथै, जुनसुकै ब्रान्डका जस्तोसुकै अवस्थाका मोटरसाइकलको कम्तीमा ३० हजार रुपियाँ मँल्यांकन पाउनुहुनेछ ।’

भर्खरै यामाहाले दशैं र तिहारलाई लक्षित गरी ‘विजय यात्रा’ नामको योजना ल्याएको थियो जसमा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा सात हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म नगद छुट पाउनेछन् । त्यसै गरी हरेक हप्ता हुने लक्की ड्रमा एक जनाले ब्रान्ड न्यु यामाहा आर३ जित्न सक्नेछन् । लक्की ड्रको प्रत्यक्ष प्रसारण एभिन्युज टेलिभिजन र यामाहा नेपालको फेसबुक पेजमा हरेक सोमबार बेलुका ७ बजेर ५५ मिनेटमा प्रत्यक्ष प्रसारण हुनेछ ।

देसैंकै अवसरमा यामाहाले हरेक मोटरसाइकल वा स्कुटरको टेस्ट राइडमा सप्र्राइस गिफ्ट प्रदान गर्दै आएको छ भने यामाहा स्कुटर वा सलुटो बाइक २० प्रतिशत डाउन पेमेन्टमा समेत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्