खुद्रा चिनी ल्याउन पनि रोक



विराटनगर, (नेस)
स्वदेशी चिनी उद्योगलाई संरक्षण गर्न भन्दै सरकारले चिनीको आयातमा रोक लगाएसँंगै उपभोक्ताले भारतीय बजारबाट खुद्रा चिनी ल्याउन पनि बन्द भएको छ ।

सरकारी निर्णयपछि खुद्रा चिनी आयात गर्दै आएका सर्वसाधारण महँगोमा चिनी खरिद गर्न बाध्य भएका छन् । विराटनगर भन्सार कार्यालयले सो थोक तथा खुद्रा चिनीको आयातमा पँर्ण बन्देज लगाइएको जनाएको छ ।

सरकारले चैत मसान्तसम्मका लागि चिनी आयातमा प्रतिबन्ध लगाएको विराटनगर भन्सार कार्यालयका सँचना अधिकृत सुशीलकुमार थापाले जानकारी दिनुभयो । यसअघि विराटनगरसहित आसपासका गांउँ तथा शहरका अधिकांश उपभोक्ता जोगबनी गएर किरानाका अन्य सामानका साथै चिनी लिएर फर्किने गरेका थिए ।

नेपालमा भन्दा निकै सस्तो मँल्यमा भारतीय बजारमा चिनी पाइने भएपछि उपभोक्ता चिनी खरिद गर्नकै लागि भए पनि जोगबनी बजार पुग्ने गरेका थिए । पछिल्लो समय पारीबाट एकदुई किलो चिनी समेत बोकेर आएका उपभोक्तालाई प्रहरीले फिर्ता गर्न जोगबनी नै फर्काउने गरेको छ ।

यसअघि दैनिक रुपमा भारतीय बजार गएर चिनीलगायत घरायसी सामान खरिद गर्नेको संख्या सयौं हुने गरेको थियो । तर, यतिबेला चिनीमा प्रतिबन्ध लगाएपछि जोगबनी जानेको संख्यामा केही कमी आएको छ । विशेषगरी चाडपर्वको समयमा जोगबनीमा एकाबिहानैदेखि उपभोक्ता ओइरिने गरे पनि विराटनगर र आसपासका बजार सुनसान रहने गरेको छ ।

जोगबनीबाट किरानालगायतका सामान निर्वाध ल्याउन पाइने भएपछि विराटनगरसहित आसपासका बजारका व्यापारी मर्कामा पर्ने गरेका छन् । चिनी आयातमा बन्देज लगाइएपछि स्वदेशी उद्योगको संरक्षण हुने भए पनि आम उपभोक्ता भने महँगीको मारमा पर्ने उद्योगीले बताउका छन् ।

आर्थिक वर्ष २०७४÷७५ मा विराटनगर भन्सार कार्यालय हुँंदै ७ करोड ८७ लाख ६२ हजार ७ सय ९१ किलो चिनी भित्रिएको थियो । यस्तै चालँ आर्थिक वर्षमा आयातमा रोक लगाइनुअघि असोज ४ सम्म १३ लाख ७८ हजार १ सय ७७ किलो चिनी भित्रिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्