प्रदेश विकासमा योजना बैंक



हेटौंडा ।
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले पाँच वर्षे आवधिक योजनालाई साझा सहमतिका आधारमा गुरुयोजना तर्जुमा गरिने बताउनुभएको छ । गुरुयोजनापछि ती योजनाहरु स्थानीय तहमा क्रमशः कार्यान्वयन गर्दै लैजाने प्रदेशको नीति रहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश विकास योजनाको बैंक बनाएर स्थानीय तहमार्फत् कार्यान्वयन गरिने बताउनुभयो । प्रदेशमा सञ्चालन हुने पाँच वर्षे आवधिक योजनालाई एउटै फण्डमा राखेर प्रदेशमा विकासका योजनाहरु लैजाने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेशको नीति तथा योजना आयोगद्वारा हेटौंडामा आयोजित ‘प्रदेशको आवधिक विकास आयोजनाको आधारपत्र तर्जुमा’ सम्बन्धि कार्यशाला गोष्ठीमा विगतको समयमा राष्ट्रिय योजना आयोगबाट निर्देशित योजनालाई अब सुधार गरी प्रदेशस्तरबाट जनभावनाअनुरुप भुगोल, व्यवहारिक, दीगो र सन्तुलित विकास योजनालाई उच्च प्राथमिकतासाथ कार्यान्वयन गरिने जानकारी दिनुभयो ।

उहाँले आवधिक योजनालाई जनप्रतिनिधिको सुझावअनुरुप छनौट गरी जनताको घरदैलोमा पु¥याउन व्यवहारिक र दक्ष जनशक्ति उपलब्ध गराउँदै प्रदेश सरकारले वृहत् योजनालाई बंैकिङको स्वरुप दिने र आवश्यकताअनुसार कार्यान्वयन गर्दै लैजाने स्पष्ट पार्नुभयो ।

प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष डा. खिमलाल देबकोटाले प्रदेशमा वैज्ञानिक सोच चिन्तनद्वारा आवधिक योजना समीक्षा गरी तत्काल दीगो व्यबस्थापन गर्न सकिने राष्ट्रिय गौरवका आयोजनालाई सन्तुलित ढंगबाट परिचालन गर्न र आवश्यक नीति÷योजना र अनुगमनलाई सरकारले निरन्तरता दिनुपर्ने सुझाउनुभयो ।

कार्यशालामा प्रदेशका मन्त्रीहरु, मन्त्रालयका सचिव, नीति तथा योजना आयोगका पदाधिकारी, योजनाविद् र मकवानपुरबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्