इन्डोनेसियामा सुनामीको विध्वशं: मर्नेको संख्या ३ सय ८५ , राहत कार्यमा कठिनाइ



पालु (एजेन्सी)

इन्डोनेसियको सुलावेसी द्विप र त्यसको वरपरको इलाकामा शुक्रबार आएको शक्तिशाली भुकम्प र सुनामीमा मर्नेको संख्या कम्तिमा ३ सय ८५ पुगेको र अन्य सयौं घाइते भएको इन्डोनेसियाली सन्चार माध्यमहरुले जनाएका छन् । स्थानिय अधिकारीहरुले मृतक संख्या ५ सय ५० नाघ्ने अनुमान गरेका छन् ।

सुनामीले दुई मध्य इन्डोनेसियाली सहरमा भवनहरु बगाएको र एउटा महत्पुर्ण पक्की पुल ध्वस्त पारेको बताइएकोेछ । सुनामी पिडितहरु उक्त इलाकामा फसिरहेको र शनिबार उनीहरुको उद्धारका लागि त्यहाँ पुग्ने प्रसाय भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । सुनामी प्रभावित ती क्षेत्रसम्म पुग्ने सडक क्षतिग्रष्त भएको र सन्चार ब्यवस्थापनि टुटेको आपतकालिन निकायका अधिकारीहरुले जानकारी दिएका छन् ।

यसअघि पालु सहर स्थित एक स्थानिय अस्पतालका स्वास्थ्य अधिकारीले त्यहाँ ३० वटा शव राखिएको र उनीहरुको मृत्यु भुकम्प र सुनामीमा भएको जानकारी दिए ।

शुक्रबार ७ दशमलव ५ म्याग्निच्युडको भुकम्प आएको १० मिनेट पछि नै ५ दशमलव ६ म्याग्निच्युडको अर्को पराकम्पन आएको थियो ।

राष्ट्र्यि प्रकोप निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोलाई उदृत गर्र्दै सन्चार माध्यमहरुले मृतकसख्या कन्तिमा ३ सय ८४ पुगेको जनाएका छन् । पालुमा मात्रै सयौं वासिन्दा घाइते भएको र हजारौं घर क्षतिग्रष्त वा ध्वस्त भएका छन् । धेरै जसो पिडितसम्म पुग्न सकेको छैन । सुनामी आउँदा पालु स्थित तटिय महोत्सवमा सहभागी रहेका १० औं हजारको अवस्था अहिलेसम्म अज्ञात रहेको नुग्रोहोले बताए ।

सुजेन्द्र नामका अधिकारीले मेट्रे टीभीलाई भने – हाम्रो अस्पतालमा ३० जनाको शव छन् । हामीलाई कयौंको उपचारका लागि विशेषज्ञहरुको आवश्यक छ ।
शुक्रबार आएको भुकम्पको केन्द्र पालु शहरबाट ७८ किलोमिटर दुरीमा रहेको बताइएको छ । यो मध्य सुलावेसी प्रान्तको राजधानी हो । भुकम्पको धक्का केन्द्रबाट करिब ९ सय किलोमिटर दुरीमा पर्ने एक टापुको सबैभन्दा ठुलो सहर माकासरसम्म महसुस गरिएको थियो ।


३लाख ८० हजार आवादी रहेको पालु सरहमा सुनामीका कारण समुद्रमा १० फिटसम्मको अग्लो छाल उठेको एक स्थानिय न्युज च्यानलले जनाएको थियो । उक्त छालका कारण त्यस इलाकामा बाढी प्रवेश गरेको र कयौं घरहरु बगाएका थिए । उक्त इलाकामा भत्केका घरका भग्नावशेष छरपरस्त देखिन्थ्यो । केही शव भग्नावेशमा अल्झिएको र एक जना पुरुषले भग्नवशेषबाट एक मृत बच्चा निकालेको प्रत्यक्षदर्शीहरुले बताए ।

त्यस इलाकामा उद्धार तथा राहत कार्य सुरु भइसकेको तर सन्चार सम्पर्क भने विच्छेड भएको र सहरको धावनमार्गमा पनि क्षति पुगेको एक जना मन्त्रीले जानकारी दिए । यद्यपी हेलिकप्टरहरुलाई भने परिचालन गर्न सकिने उनले बताए ।

इन्डोनेसियाको मौसम विभाग र जियो फिजिक्स डिपार्टमेन्टका प्रमुख द्विकोरिटा कर्णावतीले १ दशमल ५ देखि २ मिटर अग्ला छाल आएको रोयटर्सलाई बताएका थिए । केही इलाकामा भवनहरु ढलेको उनले बताएका थिए । शुक्रबार एक न्युज च्यानलले ठुल्ठुला छाल उठिरहेको र मानिसहरु चिच्याउँदै भागदौड गरिरहेको भिडियो प्रशारण गरेको थियो ।

अमेरिकी भुगर्भ सर्वेक्षणले मध्य सुलावेसीको डोंग्गाला इलाकाको १० किलोमिटरको गहिराइमा भुकम्पको केन्द्रबिन्दु रहेको जनाएको छ ।
भुकम्पको अत्यधिक जोखिम ‘लाईन रिंग अफ फायर‘मा परेको इन्डोनेसियामा भौगोलिक स्थितिका कारण भुकम्पको खतरा सधैँ हुने गर्छ ।

२००४ मा डिसेम्बरमा पश्चिमी इन्डोनेसियाको सुमात्रामा ९ दशमलव ४ म्याग्निच्युडको भुकम्पपछि आएको सुनामीका कारण हिन्द महासागर क्षेत्रमा पर्ने देशहरुमा २ लाख २० हजार जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्