जुनियर क्रिकेट टोलीको फराकिलो हार



काठमाडौं, (नेस)
एसीसी यु १९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालको जुनियर क्रिकेट टोलीले पहिलो खेलमै फराकिलो हार बेहोरेको छ ।

शनिबार ढाकास्थित मैदानमा भएको खेलमा नेपालले प्रतियोगिताकै बलियो टोली भारतसँग १ सय ७१ रनको फराकिलो हार आत्मसात ग¥यो । भारतले पहिले ब्याटिङ गरेर ३ सय ४ रनको विशाल योगफल बनाएको थियो । जवाफमा नेपाल ३६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय ३३ रनमा रोकिएको थियो । टोलीका लागि कप्तान मोहम्मद आसिफ शेखले २५ रन बनाउनु नै उच्चतम व्यक्तिगत योगदान सावित भयो । त्यसपछि रोहितकुमार पौडेलले २४ रन र सन्दीप जोरोले २० रन बनाएका थिए । भारतीय बलरमा सिदार्थ देशाई र हर्ष त्यागीले समान ३ विकेट लिँदा मोहित जंग्राले २ विकेट हात पारेका थिए ।

यसअघि नेपाली बलरको दुर्दशा भारतीय ब्याटसम्यानले गरेका थिए । यशस्वी जैसवालले १ सय ४ रनको सतकीय इनिङ खेलेर नेपाली बलरलाई निरिह बनाए । उनको विकेट रसिद खानले लिएका थिए । तर उनको विकेट पतन भएपनि अर्का ब्याटसम्यान प्रब सिमरन सिंहले नेपाली बलरलाई निरास पारे । उनले ६१ बलमा ८२ रन जोडेका थिए । सिंहको विकेट भीम सार्कीले लिँदासम्म भारतको स्कोर २ सय ५० नाघिसकेको थियो । नेपाली बलरमा भीमले ४२ रन दिएर सर्वाधिक ४ विकेट लिएका थिए । त्यस्तै रसिदले २ तथा सागर ढकाल, सन्दीप जोरा र कमल सिंह ऐरीले १÷१ विकेट हासिल गरे ।

समूह ए मा रहेको नेपालको समूहमा भारतसहित अफगानिस्तान, युएई रहेका छन् । अर्को खेलमा अफगानिस्तानले युएईलाई ५ विकेटले हराएर २ अंक जोडेको छ । नेपालले सोमबार अफगानिस्तानविरुद्ध खेल्नेछ । समूह बी मा पाकिस्तान, बंगलादेस, श्रीलंका र हङकङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्